२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले उपप्रधान एवं उर्जा जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देनसंग भेट गर्नुभएको छ ।

उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा आज वुधवार भएको भेटमा उहाहरूबीच आपसी सहयोग र चासोका विविध विषयमा छलफल भएको थियो ।

भेटका क्रममा उपप्रधानमन्त्री लिङ्देनले उर्जाको विकाश, प्रशारण र व्यापार आफ्नो प्राथमीकता रहेको उल्लेख गर्दै उर्जाको ट्रान्समिसन लाईन विस्तारमा अमेरीकी सरकारको सहोग रहने विश्वास व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री लिङ्देनले भ्रष्टाचार शून्यको सिद्धान्तमा आफुले काम गर्न चाहेको वताउदै नेपालको आर्थिक तथा सामाजिक विकासमा अमेरीकोको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो ।

विगत लामोदेखि अमेरिकाले नेपालको विभिन्ने क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै राजदूत थोम्पासोनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो ।

पूर्वाधार, विकासको मेरुदण्ड भएकोले सरकारको प्राथमीकता पनि पूर्वाधार विकासमै रहेकोले त्यसमा सहकार्य गर्न अफुहरु इच्छुक रहेको उपप्रधानमन्त्री लिङ्देनले बताउनुभयो ।

केही सरकारी निति नियमको कारण विदेशी लगानीमा समस्या आएको देखिए पनि त्यसलाई समय सापेक्ष बनाउँदै लगिने उहाँको भनाई थियो ।