३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या सय पुग्यो



अ+ अ-

एजेन्सी । उत्तरपश्चिम पाकिस्तानको प्रहरी मुख्यालयस्थित मस्जिद विस्फोटको भग्नावशेषबाट मङ्गलबार अझै शवहरू निकाल्ने क्रम जारी छ । पछिल्लो विवरणअनुसार हालसम्म सय जनाको मृत्यु भएको पुष्टि भएको छ भने दुई सयभन्दा बढी घाइते भएका छन् ।

प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो । अफगान सीमासँग जोडिएका क्षेत्रहरूमा आक्रमणका घटनाहरू लगातार बढिरहेको छ । मङ्गलबार अस्पतालबाट एएफपीलाई २३ वर्षीय प्रहरी हवल्दार वजाहत अलीले भने, “म सात घण्टासम्म भग्नावशेषमुनि फसेको थिएँ, मैले बाँच्नका लागि सबै आशा गुमाएको थिए ।” पेशावरको मुख्य अस्पतालका प्रवक्ता मुहम्मद असिम खानले घटनास्थलबाट थप शव आएपछि मृत्यु हुनेको सङ्ख्या सय पुगेको बताएका छन् ।

त्यसैगरी दुई सयभन्दा बढी घाइते भएका अधिकारीहरूले बताएका छन् । सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले एएफपीलाई दिएको जानकारीअनुसार मृतकहरूमध्ये ९० प्रतिशतभन्दा बढी प्रहरी नै थिए जसमध्ये तीन सयदेखि चार सय जना मुख्यालय परिसरको मस्जिदमा प्रार्थनाका लागि भेला भएका थिए ।