२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानद्वारा सन्दीप लामिछानेको निलम्बन फुकुवा



file
अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ ।

पोखरामा मंगलबार बसेको बोर्ड बैठकले उनीमाथिको प्रतिबन्ध फुकुवाको निर्णय गरेको ‍हो ।

नेपाली क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका सन्दीप लामिछानेले गत भदौ ५ गते काठमाडौं गौशालाको एक होटलमा लगेर एक नाबालिग किशोरी बलात्कार गरेको आरोप लागेपछि क्यानले उनलाई भदौमा २३ मा निलम्बन गरेको थियो ।

त्यसपछि गत असोज २० गते पक्राउ परेका लामिछाने पुर्पक्षका लागि थुनामा थिए । तर पाटन उच्च अदालतले गत पुस २८ गते लामिछानेलाई २० लाख धरौटी राखेर छोड्न आदेश दिएपछि लामिछाने थुनामुक्त भएका थिए ।

यद्यपि, उनलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले मंगलबार नै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको छ । निलम्बन फुकुवाकोबारे क्यानले औपचारिक रुपमा धारणा बाहिर ल्याइसकेको छैन ।