६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक मन्दीबाट आत्तिने होइन, मिलेरै समाधान खोजौं: उपाध्यक्ष संघई



अ+ अ-

सिमरा । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघईले अर्थतन्त्रलाई थप संकटतर्फ जान नदिन सबैले बेलैमा पहल थाल्नुपर्ने बताएका छन् ।

सिमरामा मंगलबार भएको मधेस प्रदेश उद्योग वाणिज्य महासंघको विशेष साधारण सभामा बोल्दै संघर्ईले अर्थतन्त्रको गति ठीक दिशातर्फ नरहेको विषयमा सबैले हेक्का राख्न जरुरी भएको बताए ।

विश्व आर्थिक मन्दिको असर नेपाली अर्थतन्त्रमा समेत देखिएको बताउँदै संघईले अर्थतन्त्रका प्रमुख सूचकहरू: आयात, निर्यात, आर्थिक बृद्धि, राजश्व संकलन, उत्पादन, रोजगारी सबै क्षेत्रमा कमी आएको उल्लेख गरे । अर्थतन्त्रलाई ठीक दिशातर्फ डोहो-याउन सरकार र निजी क्षेत्र दुबै सचेत बन्नुपर्ने संघईको सुझाव छ ।

व्यवसायीहरूले सरकारबाट उपयुक्त नीतिको अपेक्षा राखेको बताउँदै संघर्ईले इमान्दारिपूर्वक काम गर्न उद्योगी–व्यवसायिहरू प्रतिवद्ध रहेको बताए ।

उद्योगी व्यवसायिहरूले भोगिरहेको समस्याहरूको फेहरिस्त प्रस्तुत गर्दै संघईले जता हे-यो त्यतै समस्या देखिँदा उद्योगी व्यवसायि आजित भएको उल्लेख गरे । पूँजीको समस्या, चर्को व्याजको समस्या, नियमित विद्युत आपूर्तिको समस्या, करको समस्या, भन्सारको समस्या, भ्याटको समस्या, कच्चा पदार्थको समस्या, श्रमिकको समस्या लगायत समस्यै समस्याका बीच व्यवसाय गर्न उद्योगीहरू वाध्य भएको संघईले बताए ।

‘समस्याबाट आत्तिएर भाग्ने भन्ने प्रश्नै उठ्दैन । कठिन समयमा पनि देशभित्र उत्पादन बढाउन हामी तयार छौं तर व्यवसायमैत्री नीति, लगानीमैत्री वातावरण चाहियो । हामीलाई राज्यले सहयोग गर्नुप-यो । राजश्व र रोजगारी बढाउन हामी तयार छौं’, संघईले भने ।