१४ भाद्र २०८३, आईतवार
,
Latest
टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल भोटेकोशी विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले दियो रु. २ करोड ५१ लाख
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीले अवकाशपछि सरकारी आवास सुविधा नलिने



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अवकाशपछि सरकारी आवास सुविधा नलिने हुनुभएको छ ।

अवकाश भएपछि राष्ट्रपति भण्डारी बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ चपलीस्थित माथिल्लो भंगालमा रहेको आफ्नै निजी निवासमा सर्ने योजना रहेको जनाईएको छ ।

राष्ट्रपतिका संञ्चारबिज्ञ टिका ढकालले न्यूजपोलार संग भन्नुभयो ‘राष्ट्रपतिको पदावधि सकिने मितिबारे औपचारिक जानकारी सरकारबाट गराइनुपर्ने तथा सुरक्षा समन्वय गर्नुपर्ने भएकाले पत्र पठाइएको थियो । राष्ट्रपतिज्यू अवकाशपछि आफ्नै निजी निवासमा सर्ने तयारीमा रहनुभएकाले आवासका सम्वन्धमा सरकारसँग औपचारिक वा अनौपचारिक केही पनि प्रस्ताव गरिएको छैन ।’राष्ट्रपति भण्डारी पनि अवकाशपछि सरकारी आवास सुविधा नलिने पक्षमा रहनु भएको उहाँले जानकारी दिनुभयो ।

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ चपलीस्थित माथिल्लो भंगालमा रहेको घर उहाँले २० वर्षअघि खरिद गर्नु भएको थियो ।