• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

सेभेन थ्री स्पोर्ट्सद्वारा नेपाल टी–२० लिगको सम्झौता रद्द



काठमाडौँ । सेभेन थ्री स्पोर्ट्सले नेपाल टी–२० लिगको सम्झौता रद्द गरेको छ । भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले नेपाल टी–२० लिगको रणनीतिक तथा व्यावसायिक साझेदार सम्झौता रद्ध गरेको पत्र नेपाल क्रिकेट संघ क्यानलाई पठाएको हो ।

सेभेन थ्रीका मालिक जतिन अहलुवालाले क्यानलाई मंगलबार सम्झौता रद्ध गरेको पत्र पठाएका हुन् । नेपाल प्रहरीले गरेको अनुसन्धानमा नेपाल टी–२० लिगमा सेभेन थ्री स्पोर्ट्सकै संलग्नतामा स्पट फिक्सिङ भएको पाइएको थियो ।

क्यानले नेपाल टी–२० लिग आयोजनाका विषयमा सेभेन थ्री स्पोर्ट्ससँग ८ वर्षका लागि सम्झौता गरेको थियो । सेभेन थ्री स्पोर्ट्सले क्यानलाई ८ वर्षमा ३३ करोड रूपैयाँ दिने सम्झौतामा उल्लेख छ । जसअनुसार पहिलो वर्ष ३ करोड ९० लाख रुपैयाँ दिने भनिएकोमा अहिलेसम्म कम्पनीले लाइसेन्स शुल्कबापत १ करोड २० लाख रूपैयाँ मात्र दिएको छ ।