१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

स्वास्थ्यमा कुनै कम्परमाइज नगर्नूस्ः राज्यमन्त्री कार्की(भिडियोसहित)

स्वास्थ्यमा कुनै कम्परमाइज नगर्नूस्ः राज्यमन्त्री कार्की(भिडियोसहित)
file photo
अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचार गरी बजारमा विभिन्न खालका औषधिहरुको बिक्री भइरहेको भन्दै नियममन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभागलाई यस्तो बताउनुभएको हो । उहाँले mार्मास्युटिकल प्रोडक्ट, न्युट्रासेटिकल प्रोडक्टहरु, कस्मेस्युटिकल प्रोडक्ट्सहरु बजारमा आउनु भन्दाअघि डिडिएमा देखाउनुपर्ने, औषधि विभागमा देखाउनुपर्ने र अनुमति लिनैपर्ने व्यवस्था गर्न आवश्यक भएको बताउनु भयो ।

उहाँले बजारमा अहिले धेरै प्रकारका विज्ञापनहरुको आफूखुशी प्रयोग हुने र औषधिहरु पनि जथाभावी बेच्ने काम भइरहेको भन्दै त्यसलाई नियन्त्रण र नियमन गर्न जरुरी भएको बताउनु भयो । उहाँले नागरिकसमक्ष प्रत्यक्ष जोडिएको स्वास्थ्यको विषयमा कुनै कम्परमाइज गर्नु नहुने बताउनु भयो । उहाँले देश भित्रै औषधिहरुको उत्पादन हुने प्रवल सम्भावना रहेकाले त्यस सम्बन्धी खोज र अनुसन्धान अघि बढाउन आग्रह गर्नुभयो ।

राज्यमन्त्री कार्कीले भन्नुभयो, ‘कुनैपनि प्रोडक्टहरु बनिन्छि, तर बजारमा पुग्दैगर्दा फार्मास्युटिकल प्रोडक्ट, न्युट्रासेटिकल प्रोडक्टहरु, कस्मेस्युटिकल प्रोडक्ट्सहरु बजारमा आउनु भन्दाअघि डिडिएमा देखाउनुपर्ने, अनुमति लिनुपर्ने, औषधि विभागमा देखाउनुपर्ने र अनुमति लिनैपर्ने व्यवस्था हामीले बनाउनु पर्छ । बजारमा अहिले धेरै विज्ञापनहरु सुनिन्छ, प्रयोगमा पनि आएका छन्, विभिन्न थरिका मालिस गर्ने तेलहरु, दाँत सेतो पार्ने औषधिहरु, कपाल उमार्ने तेलहरु र आयुर्वेदिक औषधिहरुको गुणस्तर ‘मापन कसले गरिरहेको छ, डाटासहित आउनुहोला । हामी कुनै न कुनै ठाउँमा चुकिरहेका छौँ, त्यसको नियमन गर्न अत्यन्त जरुरी छ ।

‘यसमा हामीले कत्ति पनि कम्परमाइज गर्नु हुँदैन । यस सम्बन्धी कार्यविधि के कस्ता हुनुपर्छ, त्यससम्बन्धी कार्ययोजना बनाएर अघि बढ्नुपर्छ । हामीले देशभित्रै औषधिहरु उत्पादन गर्नसक्छौँ, त्यससम्बन्धी पनि खोज अनुसन्धान अघि बढाउनुपर्छ । अनलाइन एप्स, मार्केटमा सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचारबाजी हुने र जथाभावी लिने काम भइरहेको छ, त्यसलाई नियमन गर्न के गर्नुपर्छ ? के गर्न सकिन्छ, त्यो उत्पादन बनिसकेपछि त्यसले डिडिएमार्फत अनुमति लिएको छ कि छैन ? त्यसका लागि एउटा प्रावधान बनाउन जरुरी छ । कोभिड महामारी पछि व्यापक भइरहेको छ । अबका दिनमा अनलाइन सपिङ झनै भद्रगोल हुने अवस्था छ ।’

राज्यमन्त्री कार्कीले सामाजिक सञ्जालबाट अनलाइन सपिङ गर्नेकुरा अत्याधिक भइरहेकाले त्यसलाई नियमन र नियन्त्रण नगरे अनलाइन सपिङ झनै भद्रगोल हुने बताउनु भयो ।