५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० वर्ष पुरानो मुद्दाः आसारामलाई बलात्कार मुद्दामा आजीवन कारावास



अ+ अ-

एजेन्सी । भारतको सुरतकी एक महिलालाई बलात्कार गरेको आरोपमा आसाराम बापुलाई मंगलबार आजीवन कारावासको सजाय सुनाइएको छ ।

गुजरातको गान्धीनगर सत्र अदालतले सोमबार आसारामलाई दोषी ठहर गरेको हो । यसअघि २५ अप्रिल २०१८ मा जोधपुर अदालतले आसारामलाई यूपीमा नाबालिग बलात्कार गरेको आरोपमा आजीवन कारावासको सजाय सुनाएको थियो । आसारामको पेशी भिडियो कन्फरेन्सिङबाट भएको थियो ।

यस मामिलामा आसारामकी श्रीमती सहित अन्य ६ जना अभियुक्त थिए । अदालतले आसारामलाई दोषी ठहर गरेको छ । सुनुवाइका क्रममा एक अभियुक्तको मृत्यु भएको थियो । अदालतले प्रमाणको अभावमा बाँकी पाँच अभियुक्तलाई सफाइ दिएको छ ।

यो मुद्दा सन् २०१३ मा दर्ता भएको थियो । करिब १० वर्षअघि सुरतकी एक महिलाले आसारामलाई अहमदाबादको मोटेरास्थित आफ्नो आश्रममा बारम्बार बलात्कार गरेको आरोप लगाएकी थिइन् । यस विषयमा अहमदाबादको चन्दखेडा पुलिस स्टेशनमा एफआईआर दर्ता गरिएको थियो ।

एफआईआरका अनुसार अहमदावाद सहरको बाहिरी भागमा रहेको एक आश्रममा २००१ देखि २००६ सम्म महिलालाई पटकपटक बलात्कार गरिएको थियो । ती महिला त्यतिबेला आसारामको आश्रममा बस्दै आएकी थिइन् । प्रहरीले सन् २०१४ को जुलाईमा मुद्दा दायर गरेको थियो ।