९ मंसिर २०८१, आईतवार
,
Latest
श्रेयस अय्यरलाई २६ करोड ७५ लाखमा पञ्जावले किन्यो, आईपीएल इतिहासकै महँगा खेलाडी चितवन राष्ट्रिय निकुञ्ज आउने पर्यटक घटे आईपीएल अक्सनः रबाडा १० करोड ७५ लाखमा गुजरातमा अनुबन्धित आईपीएल अक्सनः अर्शदीप सिंहलाई पञ्जाव किंग्सले १८ करोडमा किन्यो खैरो हिरोईन जस्तो देखिने पदार्थ सहित मानिस नियन्त्रणमा विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती चिकित्सा शिक्षा आयोगको बैठक: पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन संसदमा पेश भएका विधेयकहरु ६० दिनभित्र पास गर्नेगरी काम गर्दैछौँः उद्योगमन्त्री भण्डारी बञ्चरेडाँडामा फाहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसवर्ष विश्व मुद्रास्फीतिदर ६.६ प्रतिशत पुग्ने आइएमएफको प्रक्षेपण



अ+ अ-

काठमाडौँ । सन् २०२३ मा विश्व मुद्रास्फीतिदर छ दशमलव छ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले प्रक्षेपण गरेको छ ।

‘वल्र्ड इकोनोमिक आउटलुक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै आइएमएफले सन् २०२२ मा जस्तै यसवर्ष पनि विश्व मुद्रास्फीतिदर उच्च रहँदा त्यसको असर आर्थिक वृद्धिदरमा पर्ने जनाएको छ ।

सन् २०२२ मा आठ दशमलव आठ प्रतिशत रहेको विश्व मुद्रास्फीतिदर सन् २०२३ मा छ दशमलव छ प्रतिशत र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण मुद्रा कोषको छ ।

विश्वका ८४ प्रतिशत देशमा उच्च मुद्रास्फीतिको असर त्यहाँको अर्थतन्त्रमा देखिने मुद्रा कोषको अनुमान छ । अस्तव्यस्त आपूर्ति शृङ्खला, महङ्गो उत्पादन लागत, ऊर्जा तथा खाद्य सङ्कटलगायतका कारण नागरिकको जीवन निर्वाह खर्च बढ्ने ठानिएको छ । रुस–युक्रेन तनाव र कोभिड महामारीपछि सुस्ताएको विश्व अर्थतन्त्र लयमा फर्कन नसक्दा त्यसको प्रभाव देखिएको आइएमएफले प्रतिवेदनमा उल्लेख गरेको छ ।

कोभिड महामारी सुरु हुनुअघि सन् २०१७ देखि २०१९ सम्ममा विश्व मुद्रास्फीतिदर औसत तीन दशमलव पाँच प्रतिशत बराबर मात्रै थियो । तर पछिल्ला वर्षहरुमा यस्तो वृद्धिदर बढ्दै गएर सन् २०२२ मा नौ दशमलव नौ प्रतिशतसम्म पुगेको छ । चर्को मुद्रास्फीतिबाट सानो अर्थतन्त्र, न्यून आय भएका र विकासोन्मुख देशहरु बढी प्रभावित भएको आइएमएफले जनाएको छ ।

ठूलो अर्थतन्त्र भएका र विकसित मुलुकहरुमा सन् २०२२ मा औसत सात दशमलव तीन प्रतिशतसम्म पुगेको मुद्रास्फीति सन् २०२३ मा चार दशमलव ६ प्रतिशत रहने अनुमान छ ।

उदाउँदो अर्थतन्त्र र विकासशील मुलुकहरुमा सन् २०२२ मा नौ दशमलव नौ प्रतिशतसम्म पुगेको मुद्रास्फीतिदर सन् २०२३ मा आठ दशमलव एक प्रतिशत रहने प्रक्षेपण छ ।

त्यस्तै, न्यून आय भएका र कम विकसित मुलुकहरुमा सन् २०२२ मा १४ दशमलव दुई प्रतिशतसम्म पुगेको मुद्रास्फीतिदर आठ दशमलव आठ प्रतिशत रहने अनुमान गरिएको छ ।

चरम मुद्रास्फीतिको नकारात्मक प्रभाव विश्व आर्थिक वृद्धिदरमा प्रत्यक्ष रुपमा देखिएको छ । आइएमएफका अनुसार सन् २०२२ मा विश्व आर्थिक वृद्धिदर तीन दशमलव चार प्रतिशत रहने अनुमान छ । त्यस्तै, सन् २०२३ मा दुई दशमलव नौ र सन् २०२४ मा तीन दशमलव एक प्रतिशत विश्व आर्थिक वृद्धिदर रहने प्रक्षेपण गरिएको छ ।

केही समयअघि मात्र विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ मा विश्व आर्थिक वृद्धिदर एक दशमलव सात प्रतिशतमा खुम्चने प्रक्षेपण सार्वजनिक गरेको थियो । उक्त प्रतिवेदनले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०२२÷२३ मा पाँच दशमलव एक र २०२३÷२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।

ग्लोबल इकोनोमिक प्रस्पेक्ट प्रतिवेदनले पनि रुस–युक्रेन युद्ध र कोभिड महामारीको प्रभावलाई न्यून आर्थिक वृद्धिदरको मुख्य कारणका रुपमा उल्लेख गरेको छ । त्यस्तै, उच्च मूल्यवृद्धि, उच्च ब्याजदर, न्यून लगानी, आपूर्ति शृङ्खलामा देखिएको अवरोधलगायतका कारणले पनि आर्थिक वृद्धिदरमा गिरावट आएको विश्व बैंकले जनाएको छ ।

सन् २००९ को विश्व आर्थिक मन्दी र २०२० मा महामारीका कारण न्यून देखिएको आर्थिक वृद्धिदर पछि यसवर्ष सबैभन्दा कम आर्थिक वृद्धिदर रहेको पनि विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।

“सन् २०२३ को आर्थिक वृद्धिदरको अनुमान पछिल्लो तीन दशक अवधिमा देखिएको तेस्रो ठूलो गिरावट हो । विश्व आर्थिक वृद्धिदर सन् २००९ र २०२२ यताकै यस वर्ष सबैभन्दा कम हो”, प्रतिवेदनमा भनिएको छ । रासस