• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   श्रीमानको असार १५ ★   उत्पादित अन्नको जिम्मेबारी स्थानीयतहले लिने नीति आबश्यक: नेता अब्दुल सत्तार ★   पत्नी आरजुसहित बालकोटमा देउवा, ओलीसँग सवा दुई घण्टा कुराकानी ★   कमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्का ★   उत्पादत्व वृद्धिका निम्ति परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव ★   बैङ्कर्स भण्डारीको ‘आफैँलाई नियाल्दा’ कृति विमोचन ★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ? ★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दै राजेश हमाल- फोटो फिचर

सकेसम्म गठबन्धन नटुटोस् भन्ने मेरो कोसिस छः प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म गठबन्धन नटुटोस् भन्ने आफ्नो कोसिस रहने बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुनः गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालयकै कारण गठबन्धन नटुटोस् भन्ने चाहना रहेको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकबाट निस्कँदै गर्दा सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले भन्नुभयो, “हामी सल्लाह गर्दैछौँ, सकेसम्म यो गठबन्धन नटुटोस् भन्ने मेरो कोसिस छ ।”

बैठकमा उहाँले सर्वोच्च अदालतबाट रवि लामिछानेको नागरिकतासम्बन्धको मुद्दाको फैसलाका पूर्ण पाठ अनाएसम्म गृह मन्त्रालयबारे कुनै निर्णय नलिने बताउनुभएको थियो ।