• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित

माओवादी पदाधिकारी बैठक सुरु, राष्ट्रपति र गृहमन्त्रीबारे छलफल हुने



काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ ।

पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमलगायत राष्ट्रपति र गृहमन्त्रीबारे छलफल हुने बताईएको छ ।

सत्ता साझेदार दलहरुबीच राष्ट्रपति निर्वाचन तथा गृह मन्त्रालयको विषयलाई लिएर मतभेद कायमै छ । सर्वोच्च अदालतले तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता अमान्य रहेको फैसला गरेसँगै उहाँ सांसद र मन्त्री पदबाट मुक्त हुनुभएको थियो ।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफैँले सम्हाल्दै आउनुभएको छ । रवि लामिछानेले पुनः नेपाली नागरिकता प्राप्त गरेपछि उहाँको दल राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयमा पुनः दाबी गरेको छ । लामिछानेले पार्टीबाट निर्णय गराएर पुनः सो मन्त्रालय लिन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिइरहनुभएको छ ।

मंगलबार बिहान लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटी गृह मन्त्रालय नपाएर सरकारबाट बाहिरिने चेतावनी दिइसक्नुभएको छ । माओवादी केन्द्रको अहिले बसिरहेको पदाधिकारी बैठकमा प्रधानमन्त्रीले सोही विषयमा परामर्श लिने काम गरिरहनुभएको बताइएको छ ।

माओवादी केन्द्रभित्रै पनि लामिछानेलाई पुनः गृह मन्त्री बनाउने वा नबनाउने भन्नेबारे मतभेद देखिएको छ । यस्तै नेकपा (एमाले) ले पनि पूर्वसहमति अनुसार अघि बढ्न प्रधानमन्त्री प्रचण्डलाई दबाब दिइरहेको छ ।