• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

क्यानको बोर्ड बैठक आज, टी–ट्वान्टी लिग र सन्दीप मुख्य एजेन्डा



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक आज मंगलबार बस्दैछ । क्यानका ७ कार्यसमिति सदस्यले राजीनामा मागेको दुई दिनपछि क्यानको बोर्ड बैठक पोखरामा बस्न लागेको हो ।

१७ वटा एजेन्डामा छलफल हुने बोर्ड बैठकको मुख्य एजेन्डा नेपाल टी–ट्वान्टी लिग प्रतियोगिता सम्बन्धि र सन्दीप लामिछानेको निलम्बन फुकुवाको विषयमा रहेको छ ।

यस्तै, राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गठन गरेको कार्यदलको रिपोर्ट र राखेपको निर्देशनबारे छलफल हुनेछ ।

त्यस्तै, बैठकमा राष्ट्रिय महिला तथा पुरुष खेलाडीको करार सम्बन्धमा समेत छलफल हुनेछ । संघको विधान संसोधन, संघको साधारण सभा र कार्यसम्पादन समिति विस्तार सम्बन्ध लगायतमा पनि छलफल हुनेछ ।