२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट

संसद विघटन सामान्यतः स्वीकार्य छैन, त्यो भनेको अपवाद अन्तिम विकल्प हो भन्ने मान्यता स्थापित !

संसद विघटन सामान्यतः स्वीकार्य छैन, त्यो भनेको अपवाद अन्तिम विकल्प हो भन्ने मान्यता स्थापित !
अ अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले आज गरेको आदेशमा प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको दृष्टिकोणमा यस्तो रहेको छ ।

 हेर्नुहोस् :सम्मानित सर्वोच्च अदालतले संविधानको धारा ७६(५) को आशय र मुल्य मान्यता अनुसारको व्याख्या गरेको छ । धारा ७६(५) मा दलको व्हीप लाग्दैन, कुनै पनि दलका सांसदले स्वतन्त्र रुपमा संसद बचाउनका लागि अर्को दलको सांसदलाई समेत प्रधानमन्त्रीमा समर्थन गर्न सक्छ । अर्को दलको सांसदलाई प्रधानमन्त्रीमा समर्थन गरेवापत न त पार्टीको व्हीप लाग्छ, न त कारवाहीको भागी हुनुपर्ने हुन्छ ।

यो ऐतिहासिक फैसलाले सर्वोच्च अदालतको विश्वसनीयता र गरिमा जनताको माझमा बढाएको छ । संविधान विपरीतको कार्यलाई कुनैपनि अवस्थामा अदालतले मान्यता दिदैन भन्ने स्थापित भएको छ ।

सरकार गठनको प्रक्रिया जुन बिन्दुबाट बिग्रेको थियो, त्यहीँबाट सच्याउने आदेश भएको छ । त्यो भनेको प्रधानमन्त्री ओली ७६९५० को लागि योग्य थिएन भन्ने कुरा देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री बनाउन दिएको आदेशबाट स्थापित भएको छ ।

संसद विघटन सामान्यतः स्वीकार्य छैन । त्यो भनेको अपवाद अन्तिम विकल्प हो भन्ने मान्यता स्थापित भएको छ । धारा ७६९७० बमोजिम संसद विघटन गर्नको लागि धारा ७६९१० देखि ७६(५) सम्मका सबै प्रक्रिया असफल भएको अवस्थामा मात्र हुने हो । त्यसकारण सर्वोच्च अदालतले श्रावण ०३ गते आइतबार अपरान्ह ०५ बजे (अर्थात सात दिनभित्र) देखि संसद अधिवेशन आह्वान गर्ने आदेश गरेको छ ।

१४९ जना प्रतिनिधि सभा सदस्यले हस्ताक्षर गरी धारा ७६(५) बमोजिम शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन दलको निर्णय अथवा पत्रको आधारमा रोकिदैन । विश्वनसनीय आधार भइसकेपछि राष्ट्रपतिले स्वतः प्रधानमन्त्री नियुक्त गर्नुपर्ने हुन्छ । संख्या पुग्यो कि पुगेन भन्ने परीक्षण गर्ने स्थल अन्यत्र नभइ संसद हो । यसकारण असार २९ गते मंगलबार अपरान्ह ०५ बजेभित्र दाबी पेश गरेका प्रतिनिधिसभा सदस्य (शेरबहादुर देउवा) लाई प्रधानमन्त्री नियुक्त गर्ने भन्ने आदेश भएको छ ।

(प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको फेसबुकबाट साभार)