• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   यी हुन् टी–२० विश्वकप जित्ने मुख्य तीन दावेदार ★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ?

केदारनाथ मन्दिर हिउँले ढाकियो



एजेन्सी । केदारनाथ धाम हिउँले ढाकिएको छ । केदारनाथधाममा चार फिटसम्म हिउँ जमेको छ । केदारनाथ क्षेत्रमा आइतबार रातिदेखि लगातार हिमपात भइरहेको बताइएको छ ।

धाम परिसर र वरपरका पहाडमा भारी हिउँ परेको अधिकारीहरूले जनाएका छन् । यसैबीच राज्यको उत्तरकाशी प्रहरीले आसपासका नागरिकहरूलाई सम्भावित जोखिमबाट सचेत रहन आग्रह गरेका छन् ।

उत्तरकाशी प्रहरीले ट्वीटमा उल्लेख गरेको छ ( वर्षा र हिमपातका कारण गङ्गोत्री राष्ट्रिय राजमार्ग सुक्की टोपभन्दा माथि धरासु बन्दरकोट र बन्दरकोट नजिकै आएका फोहोर र हिमपहिराका कारण अवरुद्ध भएको छ । यमुनोत्री राष्ट्रिय राजमार्ग जानकीछट्टी र राडी मार्ग पनि अवरुद्ध भएको छ। यात्रुहरूलाई सावधानीपूर्वक हिड्न भनिएको छ ।

केदारनाथ धामका द्वारहरू अप्रिल २६ मा र गङ्गोत्री र यमुनोत्रीका ढोकाहरू अप्रिल २२ मा जाडो बिदापछि मात्र खुल्ने मन्दिर व्यवस्थान समितिले जनाएको छ ।

केदारनाथ, यमुनोत्री र गङ्गोत्रीका द्वार खोल्ने मिति तय हुनासाथ चारधाम यात्राको तयारी पनि शुरु हुने बताइएको छ । यमुनोत्री, गङ्गोत्री र बद्रीनाथसहित चार धाम भनेर चिनिने चारवटा पुरातन तीर्थस्थलहरूमध्ये केदारनाथ प्रमुख तीर्थस्थल हो।