• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   एमालेलक्षित झलनाथको टिप्पणी: काँग्रेससँग मिलेर जनता र राष्ट्रको हित हुँदैन ★   रामकृष्ण ढकालको ‘मायाको घर’ सार्वजनिक (भिडियोसहित) ★   प्रेम आले भन्छन् – हैसियत र पिँध नभएको लोटाजस्तो पार्टीको कुनै काम छैन ★   पुरानो सरकार कहिले बिदा हुने यत्तिकै भन्न सकिँदैन: अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिनुहुने ★   विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौं: प्रधानमन्त्री ★   मलेसियाको क्वालालम्पुर विमानस्थलमा ग्यास चुहावट हुँदा ३९ जना बिरामी ★   धनुषाको गोविन्दपुरमा लिच्छविकालीन अवशेष फेला ★   क्यानले सन्दीपलाई सेन्ट्रल कन्ट्राक्टमा राख्यो ★   चक्कु देखाई लघुवित्तको रकम लुटपाट गर्ने दुईजना पक्राउ

रोडिजको पाँचौं सिजनको होस्ट सुरजसिंह ठकुरीले गर्ने



काठमाडौँ । हिमालय रोडिजको नयाँ सिजनको होस्ट टेलिभिजन कार्यक्रम प्रश्तोता सुरजसिंह ठकुरीले गर्नुहुने भएको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराइएको हो । आउँदो वैशाखदेखि हिमालय टेलिभिजनबाट प्रशारण हुने पाँचौं हिमालय रोडिजको नयाँ सिजनका लागि आज (सोमवार) बाट नै शोको डिजिटल अडिशन खुला गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रश्तोता ठकुरीले आफूले फ्रेन्चाइज शोमा पनि काम गर्ने चाहना राखेपनि अहिलेसम्म पूरा नभएको र रोडिजमार्फत पूरा हुन लागेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले रोडिजमा आफ्नो अहिलेसम्मको टेलिभिजन यात्राको अनुभवलाई झनै परिष्कृत बनाएर प्रश्तुत गर्ने बताउनु भयो ।

उहाँले रोडिजले हरेक वर्ष एउटा नयाँ प्रतिभालाई जन्माउने भएकाले यो क्याम्पियनमा सहभागी बन्न पाउँदा खुशी लागेको बताउनु भयो । त्यस्तै हिमालय रोडिज कार्यक्रमका निर्देशक सिमोस सुनुवारले चौथो सिजन आफ्नो लागि धेरै चुनौतिपूर्ण रहेपनि त्यसमा आफू सफल भएको बताउनु भयो । रोडिज यो सिजन झनै एक्स्ट्रिम हुनेमा आशावादी रहेको बताउनु भयो ।

कार्यक्रमको निर्देशन सिमोस सुनुवारले गर्नुहुनेछ । रोडिजलाई देशलाई सुहाउने किसिमले मात्रै प्रश्तुत गरिने प्रतिवद्धता जनाउनु भयो । निर्देशक सुनुवारले रोडिजलाई टेलिभिजनबाट प्रश्तुत गर्न मिल्नेसम्मको अंशहरु प्रश्तुत हुने बताउनु भयो ।