२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट

नाम चलेको एक वा दुई खेलाडीको उपस्थितिले कुनै पनि स्पोट्स इभेन्ट वा लिगलाई ब्याख्या गर्नु न्यायोचित हुँदैन – अमिर अख्तर (अन्तर्वार्ता)

नाम चलेको एक वा दुई खेलाडीको उपस्थितिले कुनै पनि स्पोट्स इभेन्ट वा लिगलाई ब्याख्या गर्नु न्यायोचित हुँदैन – अमिर अख्तर (अन्तर्वार्ता)
अ अ+ अ-

काठमाडौं । यसै वर्ष दशै अगाडि एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसि) ले पनि प्रतियोगितालाई मान्यता दिइसकेको छ । अघिल्लो वर्ष आयोजना गर्ने तयारी भए पनि कोरोनाका कारण प्रतियोगिता अन्तिम सयममा स्थगित भएको थियो । वेस्ट इन्डिजका चर्चित खेलाडी क्रिस गेल नेपाल आउने चर्चा चले पनि अन्तिम समयमा स्थगित हुँदा सम्भावना टरेको थियो । अहिले चौथो संस्करणको प्रतियोगिताको मिति तय भइसकेको छ । आयोजक एपिएलका कार्यकारी निर्देशक अमिर अख्तरले विश्वमा नाम कमाएका चर्चित खेलाडीले प्रतियोगितामा भ्रमण गर्ने बताए । उनै अख्तरसँग गरिएको कुराकानीको सम्पादीत अंश यस्तो छ ।

अघिल्लो वर्ष नै आयोजना गर्ने गरी तयार गरेको प्रतियोगिता कोरोनाका कारण स्थगित हुन पुग्यो । अब त्यो प्रतियोगिता आयोजना हुँदै छ । कोरोनाले धकेलिएको चौथो संस्करण प्रतियोगितामा नयाँ के हुँदैछ ?
हरेक वर्ष इपिएललाई नयाँ गर्ने हाम्रो लक्ष्य छ । नयाँ भन्दै नयाँ खेलाडीको उपस्थिति मात्र हुँदैन । नयाँ प्रोडक्सन, नयाँ प्रस्तुति र नयाँ सोचले यसपालिको इपिएल आगाडि बढ्ने क्रममा छ । नयाँ इपिएल यस्तो हुनेछ कि नेपालको स्पोर्ट्स क्षेत्रलाई ब्याख्या गर्ने किसिमको बनाइने छ । खेलाडीको प्रतिभा बाहेक कार्यक्रमको उत्पादन देखी बजार व्यवस्थापन उक्तिकै चुनौति पूर्ण हुन्छ । यस्तै विषयले लिगलाई अगाडि बढ्न सहयोग पुर्‍याउँछ । पछिल्लो पटक इपिएल आयोजना गर्दा नेपालको ट्वान्टी–२० वरियता फरक थियो । अहिले नेपाल १३ औं स्थानमा छ । नेपाल जस्तो देश र हाम्रो लागि ठूलो गर्वको कुरा हो । हामीले यस्तो अवस्थालाई भर पुर सदुपयोग गर्नु पर्छ । यति मात्रले पुग्दैन हामी, अझै अगाडि बढ्नु पर्छ र दश भित्र अटाउनु पर्दछ । अहिले हामी आयरल्यान्ड भन्दा धेरै माथि छौं । तर हामीले हाम्रो स्थानलाई सही सदुपयोग गर्न सकेका छैनौं ।

इपिएलको लक्ष्य यो वर्ष कसरी यसलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने । हाम्रो पन्च लाइन ‘द वल्र्ड मिस नेपाली क्रिकेट’ पनि छ । यो संस्करण हामीले टेलिभिजन हेर्ने दर्शकलाई मध्य नजर गर्दै पोडक्सनमा ध्यान दिँदै छौं । त्यसका लागि आवश्क पर्ने पूर्वाधार जस्तै क्यामेरा, लाइट देखी प्राविधिक पाटोलाई हामीले विषेश ध्यान दिने छौं र अन्तर्राष्ट्रिय स्तरमा देखिने टेलिभिजनको पर्दा जस्तै बनाउने प्रयास गरेका छौं ।

कोरोनाको महामारी कारण दर्शक मैदानमा उपस्थित नहुने भएकाले प्राविधिक पाटोमा ध्यान दिने लक्ष्य राख्नु भएको हो ?
हामीले सुरुआतबाट नै यो विषयलाई ध्यान दिएर अगाडि बढ्ने लक्ष्य बनाएका थियौं । योजना नै थियो । काम गर्दा हामीले दुई वर्षपछिको लक्ष्य के हुनेछ भनेर काम गरिरहेका छौं । सुरुआतबाट नै हामीले २०२० को संस्करणमा प्रोडक्सनमा ध्यान दिने योजना बनाएका थियौं । अघिल्ला संस्करणमा हामीले केही गरेको हो तर केही कमी कमजोरी भएका हुन् । कोरोनाकै कारण २०२० को संस्करण धकेलियो । २०२१ मा आयोजना हुन लागे पनि २०२० कै सम्झौता अनुसार आयोजना हुन लागेको हो ।  दर्शक उपस्थित हुने नहुने अन्योल एक दिन अवस्य थियो । यसैलाई ध्यान राखेर हामीले  प्रोडक्सनमा विशेष ध्यान दिएका थियौं । प्रोडक्सनबाट नै नेपाली स्पोट्सलाई परिवर्तन गर्न चाहन्छौं । जसले गर्दा प्रत्यक्ष प्रसारण गर्दा प्रोडक्सनमा ध्यान दिनु पर्छ भन्ने सन्देश दिन चाहन्छौं ।

राम्रो प्रोडक्सन भयो भने हामीले नेपाली स्पोर्ट्सका प्रतिभावन खेलाडीलाई विश्व भर चिनाउन सक्छौं । यसलाई ध्यान सक्यौं भने नेपाली क्रिकेटका लुेकेका प्रतिभावान खेलाडी विश्वमा चिनिन सक्छन् । यो वर्ष इपिएलले १ सय ५५ भन्दा बढि देशमा प्रसारण गर्ने प्रयासमा छ । यसै कारण नेपालको मैदानमा हुने खेललाई नेपाल भन्दा बाहिर भएको नेपालीले सहजै रुपमा हेर्न पाउने छन्, इपिएलको प्लाटफर्मबाट ।

कोरोना महामारीले धकेलिएको २०२० संस्करणमा नाम चलेका खेलाडी ल्याउने घोषणा गरिएको थियो । स्थगित भएसँगै त्यो सम्भव भएन । के यो संस्करणमा नाम चलेका खेलाडी प्रतियोगिता खेल्न आउँछन् ?
नाम चलेको एक वा दुई खेलाडीको उपस्थितिले कुनै पनि स्पोट्स इभेन्ट वा लिगलाई ब्याख्या गर्नु न्यायोचित हुँदैन, गर्नु पनि हुँदैन् । हामीलाई चर्चित खेलाडी ल्याएर प्रतियोगिता खेलाउन मन छ । क्रिस गेल आएर इपिएल नै माथि जान्छ भन्ने सोच गलत हो । हाम्रो आफ्नो समझदारी छ । क्रिस गेल आए प्रतियोगिता रंगीन हुन्छ । राम्रो हुन्छ । अनि विश्व क्रिकेटमा विश्वको नम्बर एक खेलाडी नेपालमा गएर क्रिकेट खेल्यो भन्ने सन्देश पनि पुग्छ । त्यसमा आर्थिक पाटो पनि रहन्छ । आइहाल्दैमा राम्रो हुन्छ भन्ने मात्र पनि हुँदैन । क्रिस गेलको विषयमा भारतमा आयोजना हुने इन्डिय प्रिमियर लिग (आईपिएल)को तालिकाले पनि फरक पार्छ । तालिका नजुधे क्रिस गेल नेपाल भ्रमण गर्न निकै इच्छुक छन् ।

यो वर्ष आयोजना हुने प्रतियोगिताका लागि नेपालमा विश्व चर्चित खेलाडीको उपस्थिति हुनेछन् । पूरा गर्नु पर्ने सबै मापदण्ड पूरा भएपछि मात्र खेलाडी नेपाल प्रवेश गर्नेछ । हाम्रो देश बराबर भएका खेलाडीको उपस्थिति भन्दा टेस्ट खेल्ने राष्ट्रका अझ चर्चित खेलाडीलाई अनुबन्ध गर्ने तयारी भइरहेको छ । एसोसियट देशका खेलाडी नलिने भन्ने सोचमा पुगेका छौं । एसोसियट राष्ट्रका खेलाडी भन्दा टेस्ट राष्ट्रका खेलाडीलाई ल्याएर लिगलाई अझै अगाडि बढाउन चाहन्छौ । इङ्ल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका जस्ता देशबाट हामी खेलाडी ल्याउने प्रयास गरेका छौं ।

लुकेका प्रतिभालाई उर्जागर गर्ने लक्ष्य इपिएलको हो भन्दै आउनु भएको छ । तीन संस्करण पूरा गर्दा लुकेका प्रतिभा भेट्ने लक्ष्य पूरा भएको छ ?
यो लिग उदय हुँदै गरेका खेलाडीका लागि हो । कुनै चर्चित खेलाडीका लागि हैन । नेपालको ठूलो खेलाडीका लागि यो प्रतियोगिता होइन । ठूलो खेलाडीले क्रिकेटमा स्थान बनाइसकेको छ । नाम कमाइसकेका छन् । यो लिग विल्कुल नयाँ खेलाडीका लागि हो । नयाँ खेलाडीलाई दिइएको प्लाटफर्म हो । हाम्रो लक्ष्य छ ट्यालेन्ट हन्ट जुन हामीले गरिरहेका छौं र हरेक फ्रेन्चाइज टोलीले गर्छ, त्यो उनै उदाउँदै गरेका खेलाडीका लागि हो । त्यसका अलाव हामीले स्पेशल ट्यालेन्टलाई पनि समावेश गरेका छौं । यो संस्करणमा कम्तीमा पनि ३ देखी ४ नयाँ चर्चित नयाँ खेलाडीको नाम दर्शकले सुन्न पाउनु हुनेछ ।

चौथो संस्करण सम्म आइपुग्दा यत्रो ठूलो प्रतियोगिता आयोजना गर्दा विज्ञापन दिने देखी लगानीकर्ताको लगानी ठूलो अर्थ राख्ने गरेको छ । तीन संस्करण आयोजना गर्दा र एपिएल आयोजना गर्दा चुनौति के के अनुभव गर्नु भएको छ ? अहिलेको अवस्था कस्तो छ ?
चुनौति कहिल्यै पनि बन्द हुँदैन । आगामी दिनमा अगाडि बढ्दै जाँदा चुनौति अझै थपिँदै जान्छ । २०१६ को चुनौति र २०२१ को चुनौतिमा धेरै फरक छ । २०१६ मा स्थापना हुनुको चुनौति धेरै थियो । नयाँ योजना र कार्यक्रमको चुनौति थियो । विश्वासको कुरा थियो ।  २०२१ मा हामी सबैले खेपेको चुनौति कोभिड–१९ को रहेको छ । प्रतियोगिता हुने नहुने अनिश्चितता छ । दिन दुई गुना र रात चौगुना चुनौतिहरु थपिएका छन् । केही दिनमा वा केही साता वा केही महिनामा नै समाधाने हुने संकेत देखिएको छैन् । यद्यपि हामी अगाडि बढ्नु नै छ । डेढ वर्ष देखी हामी कोरोनाबाट बाँच्न संघर्ष गरिरहेका छौं ।

स्पोर्ट्स भनेको चलायमान क्षेत्र हो । मानिस मानिसमा खेलले एक सूत्रमका बाध्न सक्छ । सकारात्मक उर्जा दिन सक्छ । तर पनि मार्केट फराकिलो छ । कसैसँग दीर्घकालिन योजना छ । लगानी कर्तालाई लगानी गर्ने विश्वास दिलाउन सक्ने क्षमता हुने हुँदा मार्केट सहज छ । इपिएलको कुरा गर्दा मल्टीनेस्नल ब्रान्ड हरु जोडिएका छन् । इपिएल कुन दिशामा गइरहेको छ र कुन लक्ष्यका साथ अगाडि बढ्को छ । लगानी कर्ताले इपिएललाई मूल्यांकन गरिसक्नु भाको छ ।