१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

‘एमालेको उम्मेदवार नै राष्ट्रपति हुन्छन्, लामिछानेलाई पूनः गृहमन्त्री बनाउन हाम्रो दबाब छैन’

‘एमालेको उम्मेदवार नै राष्ट्रपति हुन्छन्, लामिछानेलाई पूनः गृहमन्त्री बनाउन हाम्रो दबाब छैन’
अ अ+ अ-

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री शेरबहादुर तमाङले गत मंसिर ४ को निर्वाचनको परीणामले छ महिनामै मध्यावधि निर्वाचनको अवस्था सिर्जना गरेपछि आफूहरु सरकारमा जानुपरेको स्पष्ट पारेका छन् ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालको आयोजनामा ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, र समसामयिक राजनीतिक विषयमा विभिन्न दलका नेताहरुसँग भएको साक्षात्कार’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरुले गठबन्धन बनाएर निर्वाचनमा गएका दलहरुलाई जनताले सरकार सञ्चालनको म्याण्डेट नदिएपछि एमालेले सरकार गठनको पहल गरेको बताएका हुन् ।

‘नेपाली कांग्रेस र माओवादी केन्द्र अरु दलसहित चुनावमा गएका थिए । सरकार गठनको तयारी पनि गर्नुभएको थियो, उहाँहरुले एमालेलाई हराउने कोशिस पनि गर्नुभएको थियो । तर, जनताले म्यान्डेट नदिएपछि र छ महिनाभित्र नै मध्यावधि निर्वाचन हुने स्थिति देखापरेपछि हामीले सरकार गठनको प्रयास गर्यौं । हाम्रो प्रयास सफल पनि भयो,’ उनले भने ।

सरकार गठनका बेलामा भएको सहमतिअनुसार राष्ट्रपतिको निर्वाचनमा एमालेले उम्मेदवार उठाउने र उक्त उम्मेदवारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समर्थन गर्ने उनको दाबी छ ।

‘सरकार गठनको पहल कदमीअनुसार भएको सहमतिमा अब एउटा काम बाँकी छ, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन । राष्ट्रपतिको निर्वाचनमा नेकपा (एमाले) ले प्रस्ताव गरेको पात्र बन्नेछ । त्यसमा प्रचण्डले समर्थन गर्ने छन्,’उनले भने ।
साथै, एजेण्डाको आधारमा नेपाली कांग्रेसलाई पनि लिएर राष्ट्रिय सहमति खोज्न एमाले सकारात्मक रहेको उनको भनाई छ । पदीय भागबण्डाको आधारमा राष्ट्रिय सहमतिको कुनै प्रयास नहुने उनले बताए ।

‘नेपाली कांग्रेसपनि सरकारलाई समर्थन दिएको पार्टी भएकाले सरकारभित्र सहभागी हुन्छौं भन्ने हो भने हामी राष्ट्रिय सहमतिका लागि त्यसपछि अगाडि बढ्छौं,’ उनले भने । शान्ति प्रकृयाको काम पनि टुंग्याउन बाँकी रहेकाले बाँकी काम टुंग्याउने प्रकृयामा यो सरकार लाग्ने तमाङको दाबी छ । ‘नेकपा (एमाले) एजेण्डालाई लिएर राष्ट्रिय सहमतिका लागि सकारात्मक छ । पदको बाँडफाडको आधारमा होइन,’ उनले भने ।

तामाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन एमालेको कुनै दवाब नरहेको दाबी गरे । चितवन–२ मा उपनिर्वाचन हुँदैगर्दा रबिलाई सत्ता गठबन्धन दलले सहयोग गर्ने उनले बताए । उनले रबिको नागरिकता विवादसँगै रहेको राहदानी विवादमा कानुनबमोजिम छानबिन हुन आवश्यक रहेको औंल्याएका छन् । कुनै व्यक्तिमाथि कानूनरु रूपमा प्रश्न उठेपछि निष्पक्ष रूपमा छानबिन हुनुपर्ने तामाङले बताए । ‘प्रश्न उठेपछि सबै मान्छे कानुनी प्रकृयामा जानुपर्छ । सबै प्रकृयाबाट उहाँ गुज्रिनुहुन्छ,’ उनले भने ।