२१ असार २०८३, आईतवार
,
Latest
बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही राजमार्गमा सरकारको एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चितवनमा हात्तीको आक्रमणमा आमाछोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

निगमलाई बेच्न लागिएको भन्दै कर्मचारीहरु निरन्तर आन्दोलित (फोटो फिचर)



अ+ अ-

काठमाडौं । नेपाल वायुसेवा निगमलाई नीजिकरण गर्न लागिएको भन्दै आन्दोलनरत कर्मचारीका ट्रेड युनियनहरुलाई अन्य विभिन्न संस्था तथा निकायका कर्मचारी संघ संगठनहरुले ऐक्यवद्धता जनाएका छन् ।

नेपाल वायु सेवा निगमलाई नीजिकरण गर्नका लागि कम्पनीको प्रवन्धपत्र र नियमावली समेत बनाइसकेको र निगमलाई बेच्न लागिएको भन्दै कर्मचारीहरु निरन्तर आन्दोलित छन् । नीजिकरण गर्ने निर्णय फिर्ता लिनुपर्ने र निगमको सञ्चालक समिति सदस्यहरु र महाप्रवन्धकको राजिनामा माग गर्दै वायु सेवा निगममा क्रियाशिल ट्रेड युनियनहरु आन्दोलित छन् ।

आन्दोलनरत ट्रेड युनियनहरुलाई अन्य विभिन्न संघ, संस्था तथा निकायका कर्मचारी संघ, संगठनले एक्यवद्धता जनाउँदै माग पुरा नहुञ्जेलसम्म आन्दोलन नरोक्न आग्रह गरेका छन् । नेपाल सार्वजनिक सेवा कर्मचारी संघका अध्यक्ष जनार्दन शर्माले नेपाल वायु सेवा निगम राष्ट्रिय गौरवको संस्था भएको उल्लेख गर्दै राज्यले यसलाई नाफा, घाटासँग हेर्नु नहुने बताउनुभयो । वायु सेवा निगमका कर्मचारीहरुको आन्दोलनमा आफुहरुको ऐक्यवद्धता रहेको उहाँले बताउनुभयो ।

त्यस्तै आन्दोलनमा ऐक्यवद्धता जनाउँदै नेपाल आयल निगम कर्मचारी संघका अध्यक्ष मधुमाश पन्तले भ्रष्ट महाप्रवन्धक नियुक्त गर्ने पार्टी संयन्त्रका विरुद्ध धावा बोल्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । उहाँले अध्याँरो कोठामा बसेर दिइने नियुक्ति लिएका मानिसहरुले देश र जनताप्रति जिम्मेवार नहुने पनि बताउनुभयो ।

उहाँले निगमका कर्मचारीको आन्दोलनमा ऐक्यवद्धता जनाउनुभयो । निगमलाई नीजिकरणमा लाने निर्णय फिर्ता नहुञ्जेलसम्म आन्दोलन नरोकिने निगमका आन्दोलनरत कर्मचारीहरुले बताएका छन् ।