२१ असार २०८३, आईतवार
,
Latest
बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही राजमार्गमा सरकारको एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चितवनमा हात्तीको आक्रमणमा आमाछोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोश्रो ग्विन प्रो लिग अनलाइन तेक्वान्दोमा अशोकलाई स्वर्ण



अ+ अ-

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी अशोक खड्काले दोश्रो ग्विन प्रो लिग अनलाइन तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । यु–४० उमेरसमूहको एकल पुम्सेमा अशोकले सर्वाधिक ६.५६ अंक जोड्दै स्वर्ण जिते । यो स्पर्धामा विभिन्न राष्ट्रका १३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । इन्डोनेसिया दोश्रो तथा मलेसिया तेश्रो भए ।

अल्मा तेक्वान्दो क्लब, मलेसियाद्वारा आयोजित प्रतियोगिता जुन ३० तारिखमा भएको थियो । नतिजा भने सोमबार मात्र प्राप्त भएको खड्काले जानकारी गराए । प्रतियोगितामा विभिन्न १९ राष्ट्रका करिब ५ सय खेलाडी सहभागी थिए ।

भूमिक पहिलो
नक्साल बक्सिङ क्लबका भूमिक थापा एएसबीसी एसियाली युथ तथा जुनियर बक्सिङ प्रतियोगिताका लागि आयोजित छनोट प्रतियोगितामा सोमबार पहिलो भएका छन् ।नेपाल बक्सिङ संघको आयोजना भइरहेको प्रतियोगिताको जुनियर पुरुष ५७ केजी फाइनलमा भूमिकले भाइब काठमाडौंका राउल नेपाललाई पराजित गरे ।

युथको पुरुष ५४ केजीमा बोसीगाँसका शुलभ मालीले झापाका प्रवीण बयल्कोटी तथा ६३ केजीमा रामेछापका सुमन श्रेष्ठले सुनसरीका संगम राईलाई फाइनलमा हराए । युथकै महिला ४८ केजी फाइनलमा नक्सालकी तेजीमाया गुरुङले ललितपुरकी उमा श्रेष्ठलाई पन्छाइन् ।

युथको पुरुष ६० केजी सेमिफाइनलमा कास्कीका निश्चल गुरुङले झापाका समिर गुरुङलाई पन्छ्याउदै फाइनलमा स्थान सुरक्षित गरे ।