१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

माओवादी केन्द्रको स्थायी समिति बैठक दुई दिन पछि सर्यो

माओवादी केन्द्रको स्थायी समिति बैठक दुई दिन पछि सर्यो
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक दुई दिन पछि सारिएको छ ।

पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सोमवार बोलाइएको पदाधिकारी बैठकमा नेताहरुको कार्य विभाजनको विषयमा कुरा नमिलेपछि माघ १७ गतेका लागि सारिएको स्थायी समिति बैठक बैठक माघ १८ गतेका लागि बोलाउने निर्णय गरिएको हो । पार्टीको संगठनसम्बन्धि होमवर्क नसकिएकाले भोली पनि पदाधिकारी बैठक बसेर आवश्यक निर्णय गरी स्थायी समिति बैठक पर्सीका लागि सार्ने निर्णय गरिएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले आज पदाधिकारीको बैठक बस्ने हिजो र अस्ती होमवर्क गरेको कुरालाई यहाँ टुंगो लगाएर भोलि स्थायी समिति बैठक बस्ने सेड्युल थियो । आज पनि छलफल चल्यो । यो होमवर्क अझै टुंगिएको छैन । त्यसकारण आज र भोलि होमवर्क गर्ने पर्सी स्थायी कमिटी बैठक बस्ने भन्ने भयो भन्ने निर्णय भयो । यति मात्रै हो आज । पदाधिकारी बैठक त्यही होमवर्ककै विषयमा हो । आज संगठन सम्बन्धि विषयमा पनि मात्रै छलफल भयो । त्यो टुंगिएको छैन ।’

नेकपा (माओवादी केन्द्र) को जारी स्थायी समिति बैठकमा नेताहरुको कार्य विभाजनसम्बन्धि प्रश्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो । त्यसमा सहमति जुटाउन आज पदाधिकारी बैठक बोलाइएको थियो । पदाधिकारी बैठकले सो विषयमा टुंगो लगाउन नसक्ने भएपछि मंगलवार बोलाइएको स्थायी समिति बैठक बुधवारसम्मका लागि स्थगित गरिएको हो । बैठकमा गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल नभएको पनि उपाध्यक्ष महराले बताउनु भयो ।