२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको स्थायी समिति बैठक दुई दिन पछि सर्यो



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक दुई दिन पछि सारिएको छ ।

पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सोमवार बोलाइएको पदाधिकारी बैठकमा नेताहरुको कार्य विभाजनको विषयमा कुरा नमिलेपछि माघ १७ गतेका लागि सारिएको स्थायी समिति बैठक बैठक माघ १८ गतेका लागि बोलाउने निर्णय गरिएको हो । पार्टीको संगठनसम्बन्धि होमवर्क नसकिएकाले भोली पनि पदाधिकारी बैठक बसेर आवश्यक निर्णय गरी स्थायी समिति बैठक पर्सीका लागि सार्ने निर्णय गरिएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले आज पदाधिकारीको बैठक बस्ने हिजो र अस्ती होमवर्क गरेको कुरालाई यहाँ टुंगो लगाएर भोलि स्थायी समिति बैठक बस्ने सेड्युल थियो । आज पनि छलफल चल्यो । यो होमवर्क अझै टुंगिएको छैन । त्यसकारण आज र भोलि होमवर्क गर्ने पर्सी स्थायी कमिटी बैठक बस्ने भन्ने भयो भन्ने निर्णय भयो । यति मात्रै हो आज । पदाधिकारी बैठक त्यही होमवर्ककै विषयमा हो । आज संगठन सम्बन्धि विषयमा पनि मात्रै छलफल भयो । त्यो टुंगिएको छैन ।’

नेकपा (माओवादी केन्द्र) को जारी स्थायी समिति बैठकमा नेताहरुको कार्य विभाजनसम्बन्धि प्रश्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो । त्यसमा सहमति जुटाउन आज पदाधिकारी बैठक बोलाइएको थियो । पदाधिकारी बैठकले सो विषयमा टुंगो लगाउन नसक्ने भएपछि मंगलवार बोलाइएको स्थायी समिति बैठक बुधवारसम्मका लागि स्थगित गरिएको हो । बैठकमा गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल नभएको पनि उपाध्यक्ष महराले बताउनु भयो ।