• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   हरेक निर्वाचन क्षेत्रका चार वटा योजनामा बजेट विनियोजन गर्नुपर्ने नीति बनाउनुपर्छ: सांसदहरु ★   एसइईमा सामुदायिकतर्फ भिमाद जलौदीको बाल शैक्षणिक मावि जिल्लामै प्रथम ★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ★   रोहितले द्रविडलाई भनेका थिए – कोचिङ जारी राख्नुहोस् ★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी

गायक कैलाश खेरमाथि कर्नाटकमा आक्रमण



एजेन्सी । बलिउडका चर्चित गायक कैलाश खेरमाथि आइतबार कर्नाटकमा एक कन्सर्टको क्रममा आक्रमण भएको छ ।

समाचार अनुसार यो घटना जनवरी २७ मा सुरु भएको हम्पी फेस्टिभलमा भएको हो । यस कन्सर्टमा एक व्यक्तिले कैलाशमाथि बोतल फ्याँके ।

तर, तत्कालै घटनास्थलमा उपस्थित प्रहरीले कैलाशमा बोतल फ्याँक्ने व्यक्तिलाई पक्राउ गरेको थियो । यद्यपि, कैलाशको स्वास्थ्यबारे अहिलेसम्म कुनै अपडेट आएको छैन ।

रिपोर्टका अनुसार कैलाश खेर हम्पी महोत्सवमा गाउँदै थिए । यसैबीच कैलाशका दुई केटाले कन्नड गीत गाउन माग गर्न थाले । त्यसपछि उनले स्टेजमा प्रस्तुति गरिरहेका कैलाशमाथि पानीको बोतल प्रहार गरेका थिए ।

कैलाश भन्दा पहिले उक्त कन्सर्टमा कन्नड पार्श्व गायक अर्जुन, विजय प्रकाश, रघु दीक्षित र अनन्या भाट जस्ता धेरै गायकहरूले प्रस्तुति दिएका थिए । यसका अलावा बलिउडबाट अरमान मलिक र कैलाश खेर पनि सहभागी भएका थिए । कैलाशले सामाजिक सञ्जालमार्फत फ्यानलाई यो कार्यक्रममा जाने जानकारी दिएका थिए ।