१९ भाद्र २०८३, शुक्रबार
,
Latest
ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रले पदाधिकारी बैठक बस्दै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । आज सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ ।

पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्ने बैठकमा गृह मन्त्रालयबारे छलफल हुने बताइएको छ । सत्तारुढ गठबन्धनबिचको भागबन्डामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्रालय परेको थियो ।

रास्वपाबाट उपप्रधान एवं गृहमन्त्री बनेका पार्टिका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले अवैध ठहर गरेको थियो । सर्वोच्चले दोषी ठहर गरेसँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद समेत गुमाएका थिए ।

आईतवार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता प्राप्त गरेसँगै रवि पुनः पार्टीको सभापतिमा नियूक्त भएका थिए । यससँगै रास्वपाले पुनः गृहमन्त्रीको दाबी गरेको छ ।

सोहि राजनीतिक घटनाक्रमबारे छलफल गर्न माओवादीले पार्टीको पदाधिकारी बैठक बोलाएको बताईएको छ ।