२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहीदको सम्मानमा अब बलिदान होइन, योगदान गरौँः मेयर बालेन्द्र साह(भिडियोसहित)



अ+ अ-

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बलिदान नभइ देशका लागि योगदान गर्नेतर्फ पाइला अग्रसर हुनुपर्ने बताउनुभएको छ ।

सोमवार शहीद दिवसको अवसरमा लेनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अमर शहीदहरुको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधिन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रुपमा विश्वसामु परिचित हुन पाएको बताउनु भयो । उहाँले शहीदहरुले आफ्ना सन्ततिहरुको उज्वल भविष्यको लागि प्राण आहुति गरेको भन्दै अबका दिनमा हरेक नेपालीले बलिदान नभइ देशका लागि योगदान गरेर देखाउनुपर्ने बताउनु भयो ।

उहाँले शहीदहरुले भावि सन्ततीका लागि सुनौलो सपना देखेर आफ्नो बलिदान दिएकाले शहीदहरुको सपनालाई पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व अहिलेको पुस्ताको भएको बताउनु भयो । शान्त, समृद्ध र विकसित नेपाल बनाउसके मात्रै अमर शहीदहरुको आत्माले शान्ति पाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अमर शहीदहरुको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधिन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रुपमा विश्वसामु परिचित हुन पाएका छौँ । यो दिनलाई मैले महत्वपूर्ण दिनका रुपमा लिएको छु । शहीदहरुले आफ्ना सन्ततिहरुको उज्वल भविष्यको लागि प्राण आहुति नै गर्नुभयो । हामी सन्ततिहरुका लागि उहाँहरुको सुनौलो सपना थियो ।’

‘आज शहीदहरुले देख्नुभएको सपना पूरा गर्ने दायित्व र कर्तव्य हामी सबै नेपालीको काँधमा आएको छ । शान्त, समृद्ध र विकसित नेपाल बनाउन सक्यौँ भने मात्र अमर शहीदहरुको आत्माले शान्ति पाउँछ । अमर शहीदहरुको सपना साकार पार्न सबै आफ्नो आफ्नो ठाउँबाट आफ्नो कर्तव्य र दायित्व पूरा गर्न सबै समक्ष यही अनुरोध छ । इतिहासको यस कालखण्डमा अब बलिदान होइन, योगदान गर्नेतर्फ हाम्रा पाइलाहरु अग्रसर हुनुपर्छ ।’

मेयर साहले अमर शहीदहरुको सपना साकार पार्न सबैले आफ्नो आफ्नो ठाउँबाट आफ्नो कर्तव्य र दायित्व पूरा गर्नुपर्ने बताउनु भयो ।