२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 17.51

Wind: 2.06

Humidity: 94

Latest
विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने गोली लागेर एक सैनिकको मृत्यु विसु पर्व मनाउन घर फर्कदै नेपाली खेलकुद राष्ट्रको पहिचान र गौरवको आधारशिला हो मादी नदीमा डुबेर बालकको मृत्यु शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह केन्द्रीय समितिको बैठकबारे रास्वपाका कार्यवाहक सभापति अर्यालले कारागारमै पुगेर गरे सभापति रविसँग छलफल डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधान गर्न उद्योगीसँग छलफल सभामुख घिमिरेद्वारा दिगवङ्त सांसद बोहोराप्रति श्रद्धान्जली व्यक्त नेपाली साहित्यको विकासमा मस्र्याङ्दी प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहीदको सम्मानमा अब बलिदान होइन, योगदान गरौँः मेयर बालेन्द्र साह(भिडियोसहित)



अ+ अ-

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बलिदान नभइ देशका लागि योगदान गर्नेतर्फ पाइला अग्रसर हुनुपर्ने बताउनुभएको छ ।

सोमवार शहीद दिवसको अवसरमा लेनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अमर शहीदहरुको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधिन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रुपमा विश्वसामु परिचित हुन पाएको बताउनु भयो । उहाँले शहीदहरुले आफ्ना सन्ततिहरुको उज्वल भविष्यको लागि प्राण आहुति गरेको भन्दै अबका दिनमा हरेक नेपालीले बलिदान नभइ देशका लागि योगदान गरेर देखाउनुपर्ने बताउनु भयो ।

उहाँले शहीदहरुले भावि सन्ततीका लागि सुनौलो सपना देखेर आफ्नो बलिदान दिएकाले शहीदहरुको सपनालाई पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व अहिलेको पुस्ताको भएको बताउनु भयो । शान्त, समृद्ध र विकसित नेपाल बनाउसके मात्रै अमर शहीदहरुको आत्माले शान्ति पाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अमर शहीदहरुको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधिन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रुपमा विश्वसामु परिचित हुन पाएका छौँ । यो दिनलाई मैले महत्वपूर्ण दिनका रुपमा लिएको छु । शहीदहरुले आफ्ना सन्ततिहरुको उज्वल भविष्यको लागि प्राण आहुति नै गर्नुभयो । हामी सन्ततिहरुका लागि उहाँहरुको सुनौलो सपना थियो ।’

‘आज शहीदहरुले देख्नुभएको सपना पूरा गर्ने दायित्व र कर्तव्य हामी सबै नेपालीको काँधमा आएको छ । शान्त, समृद्ध र विकसित नेपाल बनाउन सक्यौँ भने मात्र अमर शहीदहरुको आत्माले शान्ति पाउँछ । अमर शहीदहरुको सपना साकार पार्न सबै आफ्नो आफ्नो ठाउँबाट आफ्नो कर्तव्य र दायित्व पूरा गर्न सबै समक्ष यही अनुरोध छ । इतिहासको यस कालखण्डमा अब बलिदान होइन, योगदान गर्नेतर्फ हाम्रा पाइलाहरु अग्रसर हुनुपर्छ ।’

मेयर साहले अमर शहीदहरुको सपना साकार पार्न सबैले आफ्नो आफ्नो ठाउँबाट आफ्नो कर्तव्य र दायित्व पूरा गर्नुपर्ने बताउनु भयो ।