२१ असार २०८३, आईतवार
,
Latest
निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही सरकारको सय दिनः राजमार्गमा एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चितवनमा हात्तीको आक्रमणमा आमाछोराको मृत्यु बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिपक्षी मोर्चा छाडे , अब एमाले एक बनाउन लाग्छु : नेता नेपाल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रतिनिधिसभा पुन:स्थापना भएसंगै अब आफु बिपक्ष गठबन्धन बाट बाहिरएको जानकारी गराउनु भएको छ ।  सोमबार साँझ बसेको बिपक्षीदलको  बैठकमा नेता नेपालले आफ्नो पार्टी  एकतातर्फ अघि बढेको र अब त्यतै सक्रिय हुने भन्दै बिपक्षी गठबन्धन बाट बाहिरिएको संकेत गर्नुभएको हो ।

 बैठकमा नेता नेपालले परिस्थितिमा बदलाव आएको तर, आफू संविधानको रक्षा एवं जनताका हक अधिकारको पक्षमा सँधै प्रतिवद्ध रहने भन्दै काग्रेस सभापति शेरबहादुर देउवालाई सबैलाई मिलाएर लान सुझाब दिनुभयो ।

बैठकमा सहभागी एमाले नेता रघुजी पन्तका अनुसार नेता नेपालले अहिले नयाँ परिस्थिति बनेको र हिजो विभाजित अवस्थामा  भएपनि अहिले पार्टीलाई एकतावद्ध बनाउने प्रयास अघि बढेकोले बिपक्षी गठबन्धन बाट बाहिर बस्नु पर्ने बाध्यतालाई बुझिदिन आग्रह गर्नुभएको थियो ।

काग्रेस सभापति शेरबहादुर देउवालाई सबैलाई समेटेर देशमा विद्यमान समस्या समाधान गर्न आग्रह गर्दे  एकलौटी ढंगले नचल्न सुझाब दिनुभयो ।