२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट

लोकतन्त्र ट्रयाकमा आयो: बिपक्षी मोर्चा

लोकतन्त्र ट्रयाकमा आयो:  बिपक्षी मोर्चा
अ अ+ अ-

काठमाडौ ।  विपक्षी गठबन्धनले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक र महत्वपुर्ण फैसला भएको भन्दै सर्वोच्च अदालतलाई धन्यवाद दिएको छ ।  नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको कोटेश्वस्थित निवासमा बसेको ५ दलिय विपक्षी गठबन्धनको बैठकले लोकतन्त्र, संविधान र संसदको रक्षा गर्ने सवालमा अदालतको फैसला ऐतिहासिक र महत्वपुर्ण भएको भन्दै स्वागत गरेको छ ।

फैसलाले संविधानको रक्षा गरेकाले अदालतको  ऐतिहासिक निर्णय सबै नागरिकको बिजय भएको निष्कर्ष पनि गठबन्धनले निकालेको छ । बैठक पछि नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड बैठकमा संविधान, लोकतन्त्र र संसदको रक्षाका लागि सर्वोच्चले गरेको आदेश ऐतिहासिक भएको भन्दै स्वागत गरिएको र यसमा सहयोग पुराउनेलाई धन्यवाद पनि दिएको बताउनुभयो । त्यसैगरी पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने र सबै दलहरु मिलेर अघि बढ्ने बारे छलफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो “सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभाको पुर्नवहाली पनि गरेको छ । शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश पनि जारी गरेको छ । सर्वोच्च अदालतले ऐतिहासिक र महत्वपुर्ण फैसला गरेको छ । त्यसकारणले हामी पाँचै दलले सर्वोच्च अदालतलाई हार्दिक धन्यवाद पनि दिएका छौ । यो निर्णय स्वागतयोग्य छ । यसले संविधानको रक्षा, लोकतान्त्रिक मुल्य मान्यता, र राष्ट्रियता र नागरिकको हक अधिकारलाई पनि यसले सुदृढ गराउने काम गरेको छ ।

ट्रयाक बाहिर गएको लोकतान्त्रिक मुल्यमान्यता माथि प्रहार भएकोमा अहिले ट्रयाकमा आएको छ । सरकार निर्माण गर्ने कुरामा, प्रारम्भमा सानो मन्त्रीमण्डल गठन गर्ने र दलहरुकोबीचमासहमति र सहकार्यलाई अगाडि बढाउदै लैजाने र मिलेरै सरकार बनाउनुपर्ने र मिलेरै सरकार चलाउनुपर्ने अहिलेको सान्र्दभिकताका बारेमा छलmपल भएको छ । सरकारमा जाने हकमा सानो आकारको मन्त्रीमण्डल बन्छ र भोली बिहान फेरि पार्टीका शिर्ष नेताहरु बैठक बस्नुहुनेछ । ”

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले बैठकमा दलिय प्रणालीका आधारमा सहमति र सहकार्य गर्दै संविधानले मार्गचित्र गरे अनुसार अगाडि बढ्ने बारेमा छलफल भएको बताउनुभयो । लोकतन्त्रको रक्षा, संविधानको रक्षा, गणतन्त्र र नागरिक अधिकारको रक्षाका लागि आएको फैसलाको स्वागत गर्दे सबैलाई आभार प्रकट गरिएको बताउनुभयो । सरकार गठन एकलौटी ढंगले नचलाई सबै राजनीतिक दलहरुसंग सल्लाह गरेर फराकिलो ढंगले सरकार बनाई एकताबद्ध भएर अगाडि बढ्नुपर्छ भन्नेमा नै सबैले जोड दिएको बताउनुभयो ।

नेता नेपाल पक्षका नेता रघुजी पन्तले सर्वोच्चको आदेश संगै नया परिस्थिति श्रृजना भएको भन्दै परिवर्तित अवस्था बुझ्न नेताहरुलाई आग्रह गरेको जानकारी दिनुभयो । एकलौटी र एकपक्षीय ढंगले चल्ने कुराको सधै विपक्षमा रहदै आएको भन्दै सबैलाई समेटेर अगाडि बढ्न र एकलौटी ढंगले नचल्न आग्रह गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “एकलौटी ढंगले नचल्नुहोस् । हाम्रो पार्टी नेकपा एमाले लगायत सबै राजनीतिक दलहरुसंग सरसल्लाह गरेर, उनीहरुलाई पनि साथमा लिएर अलि फराकिलो ढंगले सरकार बनाउने प्रयत्न गर्नुहोस् । लोकतन्त्र, गणतन्त्र संविधान र संघीयताको रक्षाका लागि दलहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता अहिले पनि छ ।

गठबन्धनमा हाम्रो निरन्तरता नरहन सक्छ । पहिला पार्टीलाई एकतावद्ध बनाउँछौ र त्यसपछि सिंगो मुलुकको राजनीतिमा । गठबन्धनलाई पार्टीले अलपत्र पारेको छैन । हस्ताक्षर फिर्ता नलिने कुरा सर्वोच्च अदालतको फैसला नहुन्जेल सम्मका लागि मात्रै हो । अब पार्टीले जे भन्छ त्यही गर्छो । सिंगो एमालेलाई एकतावद्ध बनाउने हाम्रो प्रयास हो । ”

जनता समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराईले सर्वोच्चले प्रतिगमनकारी हर्कतलाई रोक्ने र देशलाई सही बाटोमा ल्याउने काम गरेको बताउनुभयो । उहाँले देउवाको नेतृत्वमा सरकार बनाउन लागि पर्ने र गठबन्धनको सरकारलाई प्रभावकारी कसरी बनाउने भन्नेबारेमा पनि तयारी गरेर सहमति कायम गरि अघि बढ्ने बारे गठबन्धनमा छलफल भएको बताउनुभयो ।