२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाका ज्योतिषको भविष्यवाणी,अबको ४ महिना देशलाई खड्गो छ



अ+ अ-

काठमाडौ । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाको भविष्य हेर्दै आएका ज्योतिष सुरेशचन्द्र रिजालले आगामी चार महिना देशमा संकट पर्ने अनुमान गर्नुभएको छ ।

न्युजपोलारसंग कुरा गर्दै ज्योेतिष रिजालले प्रधानमन्त्री बन्नका लागि देउवाको समय अनुकुल रहे पनि देशको अवस्थाभने नाजुक रहेकोले उहाँले निकै सचेत भएर कदम चाल्नु पर्ने बताउनु भयो ।

मंगलबार सपथका लागि राम्रो योग रहेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, अहिले कोरोना महामारीको संक्रमण उस्तै छ। खोपको व्यबस्था गर्नुपर्ने छ, बाढी पहिरोको डर उत्तिकै छ, त्यसैले देउवाका लागि राम्रो योग रहेपनि देशका लागि भने चुनौतिपूर्ण रहेको छ ।

उहाँले भन्नुभयो, राजा पनि मंगल र मन्त्री पनि मंगल रहेको अबस्था छ त्यसैले कडा समय छ। राज्याभिषेकदेखि हरेक कामको शुभ साइत हेर्नुपर्छ। चार महिना कठिन परिस्थिति छ ।

तरपनि देउवाको योग शक्तिशाली रहेकोले चार महिनापछि अबस्था सुध्रने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, देउवालाई मैले अदालतले तपाईलाई नै प्रधानमन्त्री बनाउन परमादेश जारी गर्छ भन्दा उहाँले पनि पत्याउनु भएको थिएन, उहाँको योग असार २६ गते सम्म अशुभ थियो । 

अब शुभ पक्ष प्रारम्भ भयो । यतिबेला देउवाले सबैलाई मिलाउन सक्ने योग भएका कारण असोज महिनासम्म उहाँको साथ छाड्नेले दुःख पाउने भन्दै उहाँले जाने मान्छेलाई पनि धोका हुने बताउनु भयो । मुलुक अब धार्मिक हिसाबले अघि बढ्ने भन्दै धर्म निरपेक्षताको मुद्धाले अब प्रथामिता पाउने र मुलुक त्यो बाटोमा जाने अनुमान गर्नुभयो ।