२१ असार २०८३, आईतवार
,
Latest
निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही सरकारको सय दिनः राजमार्गमा एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चितवनमा हात्तीको आक्रमणमा आमाछोराको मृत्यु बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षा निकायका प्रमुखहरु बालुवाटारमा, मन्त्रिपरिषद बैठक सकियो, के हुदैछ भोलि ?



अ+ अ-

काठमाडौं । सर्वाेच्च अदालतले आज दिएको परमादेशमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भनेपछि एकाएक नयाँ राजनीतिक सरगर्मी बढेको छ । 

आजै प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा यो सरकारको अन्तिम मन्त्रिमण्डल बैठक बसेको थियो । त्यस बैठकमा प्रधानमन्त्री केपी ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई पनि बोलाएका थिए । 

उनले निजामती कर्मचारीका नेता मुख्य सचिवका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका प्रमुखलाई बालुवाटार बोलाएर धन्यवाद दिएका थिए । 

त्यसपछि प्रधानमन्त्री ओली भोलि नै बालुवाटार छोडेर आफ्नो निवास बालकोट फिर्ता हुने भएका छन् ।  उता भोलि नै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई सपथ गराइँदैछ । यसका लागि देउवाका ज्योतिषीले अपरान्ह ४ बजेको समय निकालेका छन् । 

यता प्रधानमन्त्री ओलीले भने राजीनामा दिनु नपर्ने भएको छ । सर्वाेच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्नु भनेर समय नै किटान गरिसकेकोले वर्तमान प्रधानमन्त्री ओलीले राजीनामा दिनुु नपर्ने संविधान तथा कानुनका ज्ञाताहरुले सुझाएका छन् । 

त्यसैले प्रधानमन्त्री ओली भोलि मध्यान्हसम्म बालकोट फर्किसक्ने र देउवाले भाृेलि अपरान्ह प्रधानमन्त्रीका रुपमा सपथ गर्ने भएका बताइएको छ ।