२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय फोटो पत्रकार दुर्लभसंग ट्राभल फोटोग्राफी बारे अन्तरक्रिया



अ+ अ-

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले बेला बेलामा आफ्ना सदस्यहरुलाई विभिन्न प्रकारको फोटोग्राफी सम्बन्धि तालिम प्रदान गर्दै आई रहेको छ । यसै शिलशिलामा काठमाडौमा एनएफपिजे नेपालले भारतीय फोटो पत्रकार दुर्लभ रोय चौधरीसंग ट्राभल फोटोग्राफी सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

आइतबार बिहान सिजन मिडियामा आयोजित कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष विकास रोनियार लगायत सदस्यहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा भारतीय फोटो पत्रकार चौधरीले फोटोग्राफीमा सिकेका भोगेका अनुभवहरू शेयर गरेका थिए। उनले विभिन्न शहर र चार्डपर्वहरुका समयमा खिचेका करिव २०० वटा फोटोको बारेमा बताएका थिए।

त्यस्तै,एनएफपिजेले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम निकै नै उपलब्धिमुलक भएको संस्थाका सदस्यहरुले बताएका छन । उनीहरुले संस्थाले बेला बेलामा यस्तो कार्यक्रम गरेर सदस्यहरुलाई फाइदा पुगेको समेत बताए।

२४ वर्षीय भारतीय फोटो पत्रकार चौधरी नेशनल जिओग्राफी, वाल स्ट्रिट फोटोबुक, टाइम्स अफ इण्डिया लगायतका सञ्चार माध्यममा फ्री–ल्यान्सर फोटो जर्नलिष्टका रुपमा कार्यरत छन् ।
कार्यक्रमको संयोजन केन्द्रिय सदस्य सुनिल शर्माले गर्नु भएको थियो भने कार्यक्रम पश्चात स्वागत तथा सम्मान उपाध्यक्ष शुशिल श्रेष्ठले गर्नु भएको थियो त्यसैगरि मायाँको चिनो सागर श्रेष्ठले हस्तान्तरण गर्नु भएको थियो । नेपाल एयरहोस्टेज एकेडेमीले हल उपलब्ध गराएको थियो ।