२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट

अद्यावधिक र मानक भानुजीवनी

अद्यावधिक र मानक भानुजीवनी
अ अ+ अ-

भानुभक्तका जीवनीबारेका मोतीराम र उनका परवर्तीहरूका खोज र मननका पूर्वोक्त अनेकौँ स्थापना र विविधखाले कतिपय तीव्र मतमतान्तरका सघन वीथी छिचल्दै प्रतिष्ठित नेपाली भाषासेवी(साहित्यसेवी जीवनीकार नरेन्द्रराज प्रसाईबाट प्रस्तुत ‘भानुभक्त आचार्यको जीवनवृत्त’ (२०७१) का प्रणयनमा आँटपूर्वक र परिश्रमपूर्वक स्वस्फूर्त आफ्ना सृजनशील सरसता र प्राञ्जल शैलीसौष्ठवसहित सक्दो साधना गर्न कम्मर कसी प्रस्तुत रूपमा यो कृति तयार गरेको मैले पाएँ । 

कुनै पनि लेखकको आफ्नो मूलधन भनेको आफ्नै भावमण्डल (र विचारपरिमण्डल) का साथै आफ्नै शैलीगत मौलिक छविको अन्तर्विकास हुँदै रहनु हो । साहित्यकार नरेन्द्रराज प्रसाईका समष्टि-वैशिष्ट्यमध्ये दृढ देशभक्तिपूर्ण राष्ट्रवादी विचारधाराका साथै रोचक र खिरिलो भाषाशैलीगत र उक्तिगत प्राञ्जलता पनि उनका लेखकीय मूलधनका अंशका रूपमा रहने गर्दछन् भन्ने म ठान्दछु । उनको सार्वजनिक साहित्ययात्रा कवितामार्फत २०२८ सालतिर उनका जैविक वयःसन्धिकै वेला प्रस्फुटित भई पुस्तकलेखनका क्षेत्रमा २०४० सालतिर देखि सार्वजनिक रूपमा देखा पर्दै खास गरी गीत, निबन्ध र जीवनीविधामा उनी विशेष प्रतिष्ठित रहेको पाइन्छ ।

नइ अर्थात् नरेन्द्रराज प्रसाईको परिकल्पना र सक्रिय प्रबन्धनसमेतको विशेष सहयोग लिई बृहत् स्तरमा नेपाल सरकार ९संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय० ले भानुभक्त द्विशतवार्षिकी समारोहको मूल परिचालन गरेको थियो । नेपाल राष्ट्रका १४ अञ्चल र विश्वका २५ राष्ट्रमासमेत सम्बन्धित समारोह समितिको गठन गरेर मनाइएको त्यस भानु द्विशतवार्षिकीका कार्यक्रम नेपाली साहित्यका सन्दर्भमा अहिलेसम्मको सबैभन्दा ठूलो संस्थागत सञ्जाल परिचालित भएको कार्यक्रम देखियो ।

नरेन्द्रकृत यस कृतिमा भानुभक्तीय जीवनी, कृतित्व र अन्य सन्दर्भसँग जोडिएका कतिपय न्यायदृष्टिपरकभन्दा पक्षदृष्टिपरक विवादग्रस्तता, अनुकल्पना र आग्रह तथा विषमप्रायः विवादग्रस्तताका अन्तर्बौद्धिक चाप र तापका अप्ठ्याराले सृजनात्मक, मनोहारी तथा मानकनिकट जीवनीविधागत सृजनात्मक कृतिमा अपेक्षित जीवनवृत्तको रोचक एवम् सौष्ठवपूणर् सिर्जनामा जीवनीकार नरेन्द्रलाई केही सकस परिरहेको छ । तर यी चुनौतीलाई एक सृजनशील जीवनीकारका रूपमा यिनले सकेसम्म समाधान खोज्दै वस्तुगत सन्तुलिततातर्फ र कहिलेकता यो वा त्यो पक्षमा पनि रहेर अनि जटिल अन्तर्विवादका सन्दर्भलाई पादटिप्पणी दिई राखेर पनि आफ्ना सृजनात्मक जीवनीलेखनका शैलीलाई सक्दो उकास्न सृजनात्मक प्रयास गरेको पाइन्छ ।

नरेन्द्रले भानुभक्तका जीवनी, कृति आदिसँग सम्बन्धित विशेष छलफल र उद्धरणलाई सकभर पृष्ठगत पादटिप्पणीमा दिई भानुभक्तीय सरल जीवनी पढ्न चाहने पाठकलाई पनि ध्यानमा राखेको म ठान्दछु । यहाँ नरेन्द्रको मूल सोचकेन्द्रमा प्रथम भानुजीवनीकार मोतीराम भट्ट नै हुन् र प्रायः मोतीरामेली भानुजीवनलाई नरेन्द्रले मानक ठानेजस्तो पनि देखिन्छ ।

नेपाली भाषा र साहित्यका प्रवद्र्धनका यात्रामा २०४० साल यताको समयसन्दर्भमा ‘समयुगीन मोतीराम’ भन्ने चिनारीसमेत बनाएका नरेन्द्रराज प्रसाईले भानुजीवनका अनेक मोतीरामेली र अरू स्थापनाका मर्मलाई पनि मनोयोगपूर्वक चिन्ने र खोतल्ने अनि परिमित समीक्षा गर्ने प्रयास यहाँ गरेको पाइन्छ । निश्चय नै भानुजीवनीका अध्ययन र मननका यात्रामा प्रस्तुत नरेन्द्रराज प्रसाईका कृतिले आफ्नो अलग सोच र सान्दर्भिकतासमेत स्थापित गर्न सकेको छ र यो अर्को अध्येय र मननीय अभिनव भानुजीवनी कृति हुन पुगेको छ ।

रुक्खा तर्कवितर्कभन्दा सरस प्राञ्जल र सुरुचिपूर्ण गद्यशैलीमा जीवनी लेख्ने विशिष्ट शैलीकारिताका निम्ति पनि प्रसिद्ध रहेका नरेन्द्रराज प्रसाईले भानुजीवनका तथ्यपरक अनेक नव ऊहापोह र चिरफारप्रति पनि धैर्यपूर्ण  रुचि राख्दै परिमित खोजीपरक प्रवृत्तिसमेत यहाँ आत्मसात् गरेको पाइन्छ र त्यो भानुजीवनीका अद्यावधिक सन्दर्भमा एक नव सृजनात्मक प्रतिमान हुनाका साथै आगामी अध्ययनका निम्ति पनि पर्याप्त उत्प्रेरक हुन सक्ने बलियो सम्भावना छँदै छ । 

नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘भानुभक्त आचार्यको जीवनवृत्त’ नामक जीवनीकृतिका अनेक वैशिष्ट्यमध्येको एक मुख्य वैशिष्ट्य मोतीराम भट्टले १९४८ सालमा प्रकाशित गरेको ‘कवि भानुभक्ताचार्यको जीवनचरित्र’को झन्डै सवा सय वर्षको समयपछि प्रस्तुत हुन आएको अर्को सृजनात्मक भानुजीवनी कृति हुनाको गौरवी पहिचान पनि हुँदै हो । जहाँ मोतीरामकृत भानुजीवनी भानुबारेको प्रथम जीवनी कृति थियो त्यहीँ नरेन्द्रराज प्रसाईकृत यो भानुजीवनी अद्यावधिक मानक भानुजीवनी हुन पुगेको छ ।

यसको मानकताको मियो चाहिँ मोतीरामको शोध तथा अनुकल्पना र समीक्षणतासँगै अन्तःप्रवाहित सरस रोचक जीवनीसृजनका प्राप्तिमध्ये खास गरी सरस अन्तर्भाव र रोचक शैली तथा प्रस्तुतिको मोती— मतनिकट उत्तराधिकारप्राप्ति नै हो भन्ने म ठान्दछु । साथै भानुजीवनीको इतिवृत्तका सन्दर्भमा मोतीरामका स्थापना र परिमितिप्रति विशेष आस्थाभाव राख्ने र अनेक परवर्ती मतान्तर प्रति प्रायः असहमति रहेर पनि प्रचलित मान्यतालाई व्यवहारतः प्रायः मान्ने तर तिनमा आन्तरिक कमजोरीतर्फ इङ्गित गरिरहने एक प्रकारको आत्मदृढता पनि यहाँ नरेन्द्रराजले देखाएको पाइन्छ । यस तात्पर्यमा पनि उनको भानुजीवनी लेखन मोतीरामका मानकका नजिक देखा पर्छ ।

भानुजीवनवृत्तपरक यो नरेन्द्रकृत ग्रन्थ यिनै पूर्वोक्त शक्ति र परिसीमाका बीच नेपाली वाग्देवीका चरणमा र आदिकवि भानुभक्तलाई उनका द्विशतवार्षिक सम्झनाका महापर्व, २०७१ सालमा प्रसिद्ध नेपाली जीवनीकार नरेन्द्रले चढाएको एक उच्च पुष्पोपहार कृतिका रूपमा आएको छ भन्ने म ठान्दछु । नरेन्द्रकृत यस ‘भानुभक्त आचार्यको जीवनवृत्त’ लाई उपर्युक्त मोतीरामेली शोधखोजकारी र समीक्षाकारी अन्तरपाटोभन्दा सिर्जनात्मक रम्य रुचिकर शैली र प्रस्तुतिको अन्तरपाटाका निकटमानकमा आएको अद्यावधिक निकै रुचिकरजस्तो लेखन भएको पठनीय र सङ्ग्रहणीय किसिमको अर्को भानुजीवनीपरक कृतिका रूपमा म बढी मान प्रदान गर्दछु ।

अब हामीले एकातर्फ भानुभक्तीय कृतित्व र कवित्वका सघन अध्ययन र समीक्षणमा उत्तरोत्तर प्रगतिमय तथा प्राप्तिमय गुणवत्तायुक्त अनेक ग्रन्थ रचना गर्दै जानु छ भने सँगसँगै अर्कातर्फ ज्यादा विवाद र शास्त्रार्थभन्दा स्वस्थ सन्तुलित खासखास जीवनीगत मानकधारणाका प्रतिमानमा टेकी साहित्यिक र साहित्यप्रेमी नेपाली बृहत् भावक तथा पाठकसमाजप्रति विशेष उन्मुख र मैत्रीशील अत्यन्त रोचक र रुचिकर भानुजीवनीपरक ग्रन्थहरूको पनि उत्तरोत्तर स्तरीय नव सिर्जन र प्रकाशन गर्दै भानुसाहित्यप्रतिका नेपाली लोकरुचिको पोषण र प्रवद्र्धनसमेत गर्दै जानु छ ।

यस क्रममा यस भानुजीवनी कृतिलाई आगामी संस्करण (हरू) मा नरेन्द्रराजले अझ मानकनिकट र स्तरीय तथा अझ सुन्दर मनोहारी चिरीचिट्ट पुतलीस्वरूपको लोकाकर्षणशील र विचारगत आधार तथा सिर्जनात्मकताका दुवै दृष्टिबाट विशिष्ट कृतिका रूपमा क्रमशः विकसित गर्दै जाने साधना गर्दै रहनु बेस हुने शुभकामनायुक्त अपेक्षा पनि म यहाँ प्रकट गर्दछु ।

महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीबाट लिखत ‘भानुसन्दर्भ र नरेन्द्रराज प्रसाईकृत भानुजीवनी "समीक्षात्मक अभिमत’ (२०७२) बाट सारसङ्क्षेप