२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरविरुद्ध माइतीघरमा प्रदर्शन



अ+ अ-

काठमाडौँ । माइतीघरमा काठमाडौँ महानगरपालिकाविरुद्ध प्रदर्शन भएको छ । महानगरले डोजर आतंक मच्चाएको भन्दै विरोध प्रदर्शन भएको हो ।

महानगरका विभिन्न स्थानका बासिन्दा माइतीघरमा भेला भई प्रदर्शन गरेका हुन् । उनीहरुले व्यक्तिगत सम्पत्तिमा महानगरले डोजर चलाएको आरोप लगाएका छन् ।

डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठीबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड प्रदर्शनमा बासिन्दाहरुले बोकेका थिए ।