५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान अध्यक्ष चन्दसहित ५ पदाधिकारीको राजीनामा माग



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसहित कार्यसम्पादन समितिमा रहेका ५ जना पदाधिकारीको राजीनामा माग गरिएको छ ।

नेपाल टी–२० लिग आयोजनाको जिम्मेबारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएर गल्ती गरेको भन्दै उनीहरुको राजीनामा मागिएको हो ।

कार्यसम्पादन समितिमा अध्यक्ष चन्द, सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह तथा सदस्यहरु दुर्गाराज पाठक र पदम खड्काको राजीनामा मागरिएको हो । राजीनामा माग गर्ने केन्द्रीय सदस्यहरुमा ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी हुनुहुन्छ ।

उहाँहरुले काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी फिक्सिङमा आयोजक कम्पनी सेभेन थ्री स्पोर्ट्सकै संलग्नता भएको पाइएको र यसको मुख्य जिम्मेबार क्यान नेतृत्व भएको आरोप लगाउनुभएको छ ।

उहाँहरुका अनुसार स्पट फिक्सिङ हुँदा संस्था बिरलै संलग्न हुने गरे पनि नेपालमा भने साझेदार कम्पनी नै संलग्न भएको छ । क्यानले त्यस्तो कम्पनीसँग सम्झौता गरेर गल्ती गरेको राजीनामा माग गर्नेहरुको भनाइ छ । यस्तो अवस्थामा क्यान नेतृत्व र कार्यसम्पादन समिति स्पट फिक्सिङको दोषबाट भाग्न नमिल्ने उहाँहरुले बताउनुभयो ।

क्यान अध्यक्ष चन्दले पनि पत्रकार सम्मेलन गरी नेपाल टी–२० लिग आयोजनामा गल्ती भएको स्वीकार गर्नुभएको थियो । यद्यपि आफूहरुले बारम्बार सचेत गराउँदखा पनि अध्यक्ष र कार्यसम्पादन समितिले जानाजान गलत निर्णय गरेको राजीनामा माग गर्ने ७ जना केन्द्रीय सदस्यले आरोप लगाउनुभएको छ ।