२० आश्विन २०८१, आईतवार
,
Latest
राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन ५१,००,००५ रुपैयाँ योगदान बाढीले झोलुङ्गे पुल बगाएपछि दैनिक आवतजावतमा कठिनाइ नवनियुक्त प्रधानन्यायाधीश राउतको पद तथा गोपनीयताको शपथ रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थापना दिवसका अवसरमा प्रेस सेन्टरको प्रभातफेरी



अ+ अ-

काठमाडौँ । प्रेस सेन्टर नेपालले १९औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम आयोजना गर्दै मनाएको छ । देश तथा विदेशमा विविध कार्यक्रमका साथ स्थापना दिवस मनाइएको सङ्गठनका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिनुभयो ।

प्रेस सेन्टरको केन्द्रीय समितिले आज बिहान काठमाडौँमा प्रभातफेरीको आयोजना गरेको थियो । माइतीघर मण्डलाबाट सुरु भएको प्रभातफेरी बबरमहल पुगेर सभामा परिणत भएको थियो ।

विसं २०६१ माघ १५ मा स्थापना भएको माओवादी निकट पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालले स्थापना दिवस देशव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागिएको सङ्गठनका महासचिव सन्तोष पौडेलले जानकारी दिनुभयो ।

प्रभातफेरीपछि आयोजित कार्यक्रमलाई सङ्गठनका संस्थापक अध्यक्ष महेश्वर दाहाल, वर्तमान अध्यक्ष सापकोटाले जनपक्षीय पत्रकारितामार्फत् देश र जनताको हितका पक्षमा आफूहरु प्रतिबद्ध भएर लागिपर्ने बताउनुभयो ।

प्रेस सेन्टरले राष्ट्र, राष्ट्रियता र जनजीविकाका पक्षमा कलम चलाउँदै आइरहेको बताउँदै अध्यक्ष सापकोटाले कृष्ण सेन ‘इच्छुक’लगायतले देखाएको बाटोमा अविचलित रुपमा अगाडि बढ्ने प्रण गर्नुभयो । रासस