१० श्रावण २०८३, आईतवार
,
Latest
उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने भारत र बंगलादेश नेपालसँग बिजुली किन्न आतुर छन्, हामीले उत्पादन गर्न सकेका छैनौँः उपेन्द्र यादव संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै भदौ अन्तिम सातादेखि आन्दोलन गर्ने प्रजातान्त्रिक पार्टी नेपालको… सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर थानाभर्‍याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी र एपिएफलाई टाइगर कप भलिबलको उपाधि



अ+ अ-

कास्की । घरेलु टोली गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एफिएफ क्लब पोखरामा सञ्चालन भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ च्याम्पियन भएका छन् ।

पोखरा रङ्गशालामा आज सम्पन्न भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा पुरुषतर्फ सशस्त्र प्रहरीको एपिएफलाई ३–२ सेटमा पराजित गर्दै घरेलु टोली गण्डकीले उपाधिसँगै नगद रु पाँच लाख पुरस्कार पायो ।

यसैगरी महिलातर्फ भने आर्मीलाई पराजित गरी एपिएफले लगातार दोस्रोपटक उपाधि जितेको छ । एपिएफ अघिल्लो संस्करणको विजेता हो । पुरुषतर्फको फाइनलमा घरेलु दर्शकको साथ पाएको गण्डकीले पहिलो सेट २५–१६ ले एपिएफलाई सुम्पियो ।

दोस्रो र तेस्रो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै क्रमशः २५–१८ र २५–१९ ले खेल आफ्नो पक्षमा पार्न गण्डकी सफल भयो । चौथो सेटमा गण्डकीले अग्रता जोगाउन नसक्दा २८–२६ ले एपिएफलाई नतिजा सुम्पियो ।

निर्णायक सेटको खेलमा भने गण्डकीले एपिएफलाई सुरुआतबाटै अग्रता बनाउँदै दबाबमा राख्न सफल भयो । अन्तिम सेट १५–८ आफ्नो पक्षमा पार्दै गण्डकी दोस्रोपटक उपाधि चुम्दा एपिएफ उपविजेता बनेर रु दुई लाख ५० हजार नगदसहित ट्रफी पुरस्कार पाउन सफल भयो ।

महिलातर्फको प्रतिस्पर्धामा पहिलो सेट २५–२० ले जितेको एपिएफले दोस्रो सेट भने आर्मीलाई २५—२२ ले सुम्पियो । तेस्रो सेटमा २५–८ ले खेल आफ्नो पक्षमा पारेको एपिएफले चौथो सेट २५–२२ अङ्कले जित्दै विजेता बनेको हो । च्याम्पियन एपिएफले नगद रु पाँच लाख पुरस्कार प्राप्त गर्दा उपविजेता आर्मीले रु दुई लाख ५० हजार पुरस्कारमा चित्त बुझायो ।

प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लबले तेस्रो स्थान हासिल गर्न सफल भएको छ । साविक विजेतासमेत रहेको नेपाल आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले तेस्रो स्थानसहित रु एक लाख २५ हजार पुरस्कार पायो । आर्मीले चौथो स्थान हासिल गर्दै रु ६५ हजार पुरस्कार पायो ।

महिलातर्फ होङवान्जी न्यू डायमण्ड स्पोर्टस क्लबले तेस्रो स्थान प्राप्त ग¥यो । न्यू डायमण्डले नगद रु एक लाख २५ हजार प्राप्त गर्दा प्रतियोगितामा चौथो स्थान प्राप्त गरेको गण्डकीले नगद रु ६५ हजार हात पारेको छ । प्रतियोगितामा महिलातर्फ एपिएफका सरस्वती चौधरी र पुरुषतर्फ गण्डकीका रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै जनही रु २५ हजार र ट्रफी पुरस्कार प्राप्त गर्नुभयो ।

उत्कृष्ट पाँच विधामा महिलातर्फ उत्कृष्ट सेटर न्यू डायमण्डका प्रगतिनाथ, सर्भर गण्डकीका अरुणा शाही, ब्लकर आर्मीका सङ्गम महतो, लिब्रो आर्मीका सरस्वती जैसी, स्पाइकर एपिएफका निरुता ठगुन्ना र प्रशिक्षक एपिएफका महेश चौधरी घोषित हुनुभयो ।

पुरुषतर्फ उत्कृष्ट सेटर गण्डकीका विवश आले, लिब्रो एपिएफका विनोद चन्द, सर्भर गण्डकीका घनश्याम चौधरी, स्पाइकर एपिएफका टेकराज वस्ती, ब्लकर गण्डकीका नितिश र प्रशिक्षक गण्डकीका रमेश केसी घोषित हुनुभयो ।

प्रतियोगितामा विजेता टोली तथा उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, गण्डकी प्रदेशसभा सदस्यद्धय लीलाबहादुर थापा, प्रकाश बराललगायतले नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

भलिबल खेलको विकास गरी देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्यसहित टाइगर ग्रुफ अफ पोखरा नेपालले यही माघ ८ गतेदेखि प्रतियोगिता आयोजना गरेको हो । रासस




भर्खरै