• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

गठबन्धनविरुद्ध जानु कांग्रेसलाई फाइदा छैनः वरिष्ठ नेता पौडेल



file

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान समयमा गठबन्धनविरुद्ध जानु कांग्रेसका लागि हितकर नहुने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले आज दमौलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेसले एक्लै लड्ने आत्मविश्वास भने राख्नुपर्ने बताउनुभयो । 

“कांग्रेसे एक्लै लड्छौँ भनेर मात्र हुँदैन, कम्युनिष्ट एकता कायम गराउन बाध्य पार्नुहुँदैन”, उहाँले भन्नुभयो, “एक्लै लड्ने आत्मविश्वास भने राख्नुपर्छ ।” कांग्रेस विगतमा पनि एक्लै लडेको चर्चा गर्दै उहाँले परिस्थितिअनुसार अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । “समावेशीताका कारण एउटै पार्टीको बहुमत आउने अवस्था छैन, तालमेल गरेर कांग्रेसलाई ठूलो पार्टी बनाउनुपर्छ’’, उहाँले भन्नुभयो । 

कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले देशभर भएका विकासको काम कांग्रेसले गरेको बताउँदै जनतालाई यसबारेमा बुझाउन आवश्यक रहेको बताउनुभयो । भएका गल्ती कमजोरी सुधार्दै अगाडि बढ्नुपर्ने बताउँदै उहाँले कांग्रेसभित्र हातेमालो र हार्दिकता सिर्जना गर्नुपर्ने जोड दिनुभयो । 

चुनाव जित्ने नाममा गठबन्धन गर्न आवश्यक नरहेको भन्दै उहाँले कांग्रेसले एक्लै चुनाव जित्ने दाबी गर्नुभयो । केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेस एकआपसमा मिले मात्र निर्वाचन जित्न सकिने बताउनुभयो । क्षेत्रीय सभापति श्याम मौरातीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यद्वय गोविन्द भट्टराई, ध्रुव वाग्ले, निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपानेलगायतले बोल्नुभएको थियो ।