२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवासँगको छलफलपछि मात्र माओवादीले मन्त्री टुंगो लगाउने



file
अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि मात्रै सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने भएके छ । 

जसका लागि देउवासँग अध्यक्ष प्रचण्डले छलफल गर्ने तय भएको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले पहिला अध्यक्ष प्रचण्डले शेरबहादुर देउवासँग कुराकानी गर्ने त्यस कुराकानीको आधारमा हामीले आवश्यक निर्णय गर्ने बताए । 

नामको बारेमा आज छलफल नै नभएको उनको भनाई थियो । 

यता कांग्रेस सभापति देउवाले आजै साँझ सानो आकारको मन्त्रिपरिषदसहित शपथ ग्रहण गर्ने तयारी गरेका छन् ।