काठमाडौं । प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुढानिलकण्ठ पुगेका छन् ।
दुई नेताहरुबीच अब बन्ने मन्त्रीमण्डलबारे छलफल हुने बताइएको छ ।
नयाँ मन्त्रीमण्डलमा माओवादी केन्द्रबाट को-को मन्त्री बन्ने भन्नेबारे प्रचण्डले देउवासँग छलफल गरेर टुंगो लगाउने तयारी गरेका छन् ।