१५ भाद्र २०८३, सोमबार
,
Latest
‘नेपाललाई विपद् पुनर्निर्माणका नाममा थप ऋण नथोपर्नू’–जलवायु अभियन्ताको अन्तर्राष्ट्रिय समुदायलाई अपिल पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना भोटेकोशी बाढीः तीन हजारको उद्धार, एक हजार पाँचसयभन्दा बढी बेपत्ता भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत कृष्णभीरमा पहिरो: पृथ्वी राजमार्ग सुचारु हुन सकेन-फोटो फिचर एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन माघ २३ गते हुने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा रिक्त रहेको उपाध्यक्ष पदको लागि माघ २३ गते निर्वाचन हुने भएको छ ।

शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा उपाध्यक्ष पदको लागि निर्वाचन गर्न २०७९ माघ २३ गते सोमवारको लागि मिति तोक्नुभएको हो । उहाँले निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्नका लागि संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई निर्देशन समेत दिनुभयो ।

उहाँले भन्नुभयो – ‘राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि मिति २०७९ माघ २३ गते सोमवारको दिन बिहान ११ बजेर ५९ मिनेटको समय तोकेको छु । उपाध्यक्षको निर्वाचन सम्बन्धि कार्यक्रमको सूचना प्रकाशन गर्न संघीय संसदको महासचिव डा. भरतराज गौतमलाई निर्देशन गर्दछु ।’

बैठकले नेपाल विश्वविद्यालय विधेयक २०७९ लाई दफावार छलफलको लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । राष्ट्रिय सभाको आगामी बैठक माघ २३ गते सोमवार बिहान ११ः५९ मा बस्नेगरी बोलाइएको छ ।