• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ ★   राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना ★   हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो ★   आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ★   सञ्चार मन्त्रालयको विज्ञप्तिपछि चल्न थाल्यो इन्टरनेट ★   चेल्सीले टोटेनहमलाई हरायो ★   वैशाख २८ गतेका लागि बजेट अधिवेशन आह्वान ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने, एमाले अनिर्णित, कांग्रेसले प्रदेशसभा नै अवरुद्ध पार्ने ★   राजस्थान रोयल्समाथि हैदरावादको रोमाञ्चक जित ★   इन्टरनेट सेवामा समस्या, भुक्तानी नगर्दा काटियो नेट

उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि बेलायती राजदूत पोलिटबीच भेटवार्ता



माघ १३ । उपप्रधान एवं उर्जा जलश्रोत तथा सिंचाई मन्त्री राजेन्द्र प्रसाद लिङ्देन र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।

उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा आज शुक्रवार भएको भेटमा उहाहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो ।

बेलायत नेपालको सबैभन्दा भरपर्दे विकास साझेदार रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री लिङ्देनले बेलायतले सङ्कट र प्रकोपको समयमा महत्त्वपूर्ण सहयोग गरेको स्मरण गर्नुभयो । त्यस अवसरमा राजदूत पोलिटले नेपालको ऊर्जा खपतमा सहयोग गर्न बेलायत सरकार इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि ऊर्जा मन्त्रालयका निकायसँगको सहकार्यलाई अझै विस्तार गर्ने बताउनुभयो ।

नवीकरणीय ऊर्जा उत्पादन तथा विद्युत व्यापारमा पनि सहजीकरण गर्न बेलायत सरकार तयार रहेको राजदूत पोलिटले बताउनुभयो । ऊर्जा क्षेत्रका निकायको संस्थागत सबलीकरणमा पनि सहयोग गरिरहेको उहाले उल्लेख गर्नुभयो ।

अहिलेको सरकारको प्रथमीकता राष्ट्रिय एकता, शुसासन र सेवा प्रभाह भएको उल्लेख गर्दै उपप्रधानमन्त्री लिङ्देनले त्यसमा वेलायत सरकारको पुर्ण सहयोग रहने विश्वास व्यक्त गर्नु भयो ।

फरक प्रसंगमा उपप्रधानमन्त्री लिङ्देनले भूपू व्रिटीश गोर्खा सैनिकको समस्या समाधानको लागि राजदूत पोलिट समक्ष आग्रह गर्नुभएको थियो ।