२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार पौडलप्रति श्रद्धाञ्जली



अ+ अ-

काठमाडौँ । यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएका प्रेस सेन्टर नेपालका उपाध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेलसहित सबै मृतकको सम्झनामा श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

प्रेस सेन्टर नेपाल रासस शाखाले पौडेलको १३औँ पुण्य तिथिका सन्दर्भमा केन्द्रीय कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा पत्रकार तथा कर्मचारीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

कार्यक्रममा राससका कार्यकारी अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका पूर्वध्यक्ष धर्मेन्द्र झाले पत्रकार स्व। पौडेलको स्मरण गर्दै उहाँ बहुआयामिक व्यक्तित्व भएको बताउनुभयो । नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्दोलनमा पौडेलको भूमिका महत्वपूर्ण रहेको जनाउँदै उहाँको निधनबाट अपूरणीय क्षति भएको बताउनुभयो ।

प्रेस सेन्टर रासस शाखाका अध्यक्ष रत्नकृष्ण श्रेष्ठ, नेपाल कर्मचारी सङ्गठन राससका अध्यक्ष प्रेमप्रसाद उपाध्याय लगायतले पत्रकार पौडेलसहित सबै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको थियो ।

यही माघ १ मा काठमाडौँबाट पोखराका लागि उडान गरेको यती एयरलाइन्सको विमान पोखराको सेती खोँचमा दुर्घटना हुँदा ७१ जनाको मृत्यु भएको थियो भने एक जनाको अवस्था अझै अज्ञात छ । रासस