२१ असार २०८३, आईतवार
,
Latest
सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही राजमार्गमा सरकारको एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

धारा ७६ (५) बमोजिम देउवा प्रधानमन्त्रीमा नियुक्त, साँझ ६ बजे सपथ



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । सर्वोच्च अदालतको परमादेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले  देउवालाई आज (मंगलबार) प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभयो । देउवा अहिले गठबन्धनसँग छलफलमा हुनुहुन्छ । उहाँले साँझ ६ बजे शीतल निवासमा प्रधानमन्त्रीको रुपमा सपथग्रहण गर्नुहुने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।  

देउवाले माओवादी केन्द्रलाई पनि समेट्दै सानो आकारको मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा हुनुहुन्छ । यता विपक्षी गठबन्धनका जसपा नेपालको उपेन्द्र यादव समूह भने अहिले सरकारमा सहभागी नहुने भएको छ । यादव समूह पार्टीको आन्तरिक समस्याका कारण केही दिन पछाडिमात्र सरकारमा जान लागेको हो ।