१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’

‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्रकुमार केसीले पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्ने बताउनुभएको छ ।

नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको दोस्रो राष्ट्रिय महासङ्घको आज उद्घाटन गर्दै काठमाडौँ क्षेत्र नं १० का सांसदसमेत रहनुभएका नेता केसीले साधारण चालकभन्दा पेट्रोलियम पदार्थ बोक्ने सवारी चालकको पेसा संवेदनशील र जोखिमपूर्ण भएकाले यस पेसाप्रति राज्य संवेदनशील बन्नुपर्ने बताउनुभयो ।

“पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकलाई परेको अप्ठ्यारो सहज बनाउन आवश्यक विनियमावली निर्माणका लागि म सम्बन्धित निकायसँग छलफल गर्छु”, उहाँले भन्नुभयो ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक इञ्जिनियर उमेश थानीले मुलुकमा सङ्कट परेको समयमा पेट्रोलियम ट्याङ्कर चालकले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । “म आयल निगमको कार्यकारी निर्देशक हुनुभन्दा पहिले पेसागत हक, हितका क्षेत्रमा लड्दै आएको व्यक्ति हुँ, चालकको समस्या समाधानका लागि म सकारात्मक छु”, उहाँले भन्नुभयो ।

इन्टरनेशनल ट्रान्सपोर्ट बकर्स फेडेरेशन (आइटिएफ) बेलायतका महासचिव ब्रदर स्टिफन कटनले कोरोना समयमा सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने श्रमिक घर गएर बस्न नसक्ने अवस्थामा पेट्रोलियम ट्याङ्कर चालकले खेलेको भूमिका अन्तर्राष्ट्रिय श्रमिक क्षेत्रले सकारात्मक रुपमा लिएको बताउनुभयो । नेपालको श्रमिक क्षेत्रको समस्या आइटिएफमार्फत् अन्य देशमा समेत पु¥याउने उहाँको भनाइ छ ।

भारतको विहार ट्याङ्कर चालक, उपचालक युनियनका अध्यक्ष चन्द्रप्रकाश सिंहले भारतमा नेपाली पेट्रोलियम ट्याङ्कर चालकका थुप्रै समस्या रहेको भन्दै उक्त समस्या समाधानका लागि आफूले नेपाल पेट्रोलियम चालकसँग सहकार्य गरेर काम गर्दै आएको बताउनुभयो ।

नेपाल ट्रेड युनियन काँग्रेसका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेत, उपाध्यक्ष अजयकुमार राई, महासचिव योगेन्द्रकुमार कुँवर, नेपाल पेट्रोलियम ढुवानी महासङ्घका महासचिव विश्व अर्याल, नेपाल पेट्रोलियम डिलर्स एशोसियशनका अध्यक्ष लीलेन्द्र प्रधान, नेपाल आयल निगमका निर्देशक इन्जिनियर बीरेन्द्र गोयल, नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष धर्म भण्डारीलगायतले श्रमिकको हक, अधिकारका लागि नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो ।

विस २०७४ मा स्थापना भएको नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घमा हाल देशभर एक हजार चार सयभन्दा बढी चालक आबद्ध भएको सङ्घका अध्यक्ष ईश्वर लामाले जानकारी दिनुभयो । उहाँले श्रम ऐनले दिएको तलब भत्ता चालकलाई दिलाउनका लागि सङ्घले भूमिका खेल्ने विश्वाससमेत व्यक्त गर्नुभयो । रासस