२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धारा ७६ (५) बमोजिम देउवा प्रधानमन्त्रीमा नियुक्त, साँझ ६ बजे सपथ



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । सर्वोच्च अदालतको परमादेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले  देउवालाई आज (मंगलबार) प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभयो । देउवा अहिले गठबन्धनसँग छलफलमा हुनुहुन्छ । उहाँले साँझ ६ बजे शीतल निवासमा प्रधानमन्त्रीको रुपमा सपथग्रहण गर्नुहुने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।  

देउवाले माओवादी केन्द्रलाई पनि समेट्दै सानो आकारको मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा हुनुहुन्छ । यता विपक्षी गठबन्धनका जसपा नेपालको उपेन्द्र यादव समूह भने अहिले सरकारमा सहभागी नहुने भएको छ । यादव समूह पार्टीको आन्तरिक समस्याका कारण केही दिन पछाडिमात्र सरकारमा जान लागेको हो ।