१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको ‘पछिल्लो समसामयिक विषयमा सङ्क्षिप्त लिखित प्रतिवेदन’ माथि छलफल हुनेछ ।

बिहीबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले प्रतिवेदन पेस गर्नु भएको थियो । आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ ।

बिहीबारको बैठकमा पार्टी एकता, सङ्गठन विस्तारलगायत समसामयिक विषयमा छलफल भएको थियो । बैठकमा अध्यक्ष दाहालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, निर्वाचनपछिको समग्र पार्टीको अवस्था, सरकार निर्माणका क्रममा गठन भएको गठबन्धन, सरकारको गतिविधिबारे ब्रिफिङ गर्नुभएको थियो । रासस