• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि

पार्टी एकताका विषयमा पार्टी उपाध्यक्ष महराले छुट्टै प्रस्ताव पेस गर्दै



फाईल फोटो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले स्थायी कमिटी बैठकमा छुट्टै प्रतिवेदन पेस गर्ने हुनुभएको छ । पार्टी एकताका विषयमा विभिन्न शक्तिसँग भएको प्रगतिका बारेमा उहाँले छुट्टै प्रतिवेदन पेस गर्न लाग्नुभएको हो ।

महरा वार्ता टोलीका संयोजकसमेत हुनुहुन्छ । प्रतिवेदनमा उहाँले अहिलेसम्म कुन कुन शक्तिसँग छलफल भयो र छलफलको अवस्था के छ भन्ने विषयमा प्रतिवेदन पेस गर्न लाग्नुभएको बताइएको छ ।

माओवादी केन्द्रको पदाधिकारी बैठकले गत पुस २३ गते महराको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । टोलीमा महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन र शक्तिबहादुर बस्नेत सदस्य हुनुहुन्छ ।