२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युथ फोर्सको शक्ति प्रदर्शन: २ हजार गाडी र ३ हजार मोटरसाइकल बीच ओलीलाई बालकोट लगिने



अ+ अ-

काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघले युथ फोर्स गठन गरेको छ । सोमबार काठमाडौं मा बसेको युवा संघको बैठकले युथ फोर्सको गठन गरेको हो । 

यस अघि नै गठन गरिएको युथ फोर्सलाई खारेज गरिएको भएपनि पुनः गठन गरिएको छ । ५०१ युर्थ फोर्सको प्रमुखको जिम्मेवारी क्षितिज थेवेलाई दिइएको छ भने उपप्रमुखको जिम्मेवारी पुष्प श्रेष्ठले पाएका छन् । नेकपा एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएपछि त्यसको प्रतिकारका लागि युथ फोर्सलाई ब्युँताएको नेकपा एमालेका नेता तथा युवा संघ नेपालका ईन्चार्ज महेश बस्नेतले बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘युथ फोर्स फेरि जन्मिएको छ । युथ फोर्स सिरानमुनी राखिएको खुकुरी जस्तै हो किसानको घरको । र अप्ठ्यारो पर्यो भने संकट पर्यो भने यसलाई फेरि निकालिनेछ भनेर हामीले भनेका छौ । युथ फोर्स अहिले जन्मिएको छ ।  यसले नेकपा एमालेको सिद्धान्त विचारको रक्षा गर्ने छ । जनताको बहुदलिय जनवादको प्रयोग गर्ने सन्र्दभमा, यसलाई रक्षा गर्ने सन्र्दभमा र यसलाई विस्तार गर्ने सन्र्दभमा यसले महत्वपुर्ण भूमिका खेल्ने छ । यसले आवाज विहिनहरुको आवाज उठाउन भूमिका खेल्ने छ ।’

उहाँले युथ फोर्सलाई नेकपा एमालेमाथिको घेराबन्दी तोड्दै आवश्यकता अनुसारको प्रतिकारका लागि योजना बनाउन पनि निर्देशन दिनुभयो । साइबर सेनासंग सहकार्य गरि एमाले विरुद्ध भ्रम छर्नेहरु विरुद्ध सही संन्देश दिने काममा भूमिका निर्वाह गर्न उहाँले आग्रह गर्नुभयो । नेता बस्नेतले केपी शर्मा ओली बुधबार बालकोटस्थित निवास प्रस्थान गर्दा २ हजार वटा गाडी र ३ हजारवटा मोटरसाइकललले स्वागत गर्ने पनि बताउनुभयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले ३० दिनभित्र विश्वासको मत लिन नसकी पुनः नेकपा एमालेकै सरकार बन्ने दाबी पनि गर्नुभयो ।