९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकृष्ण शिवाकोटी स्मृति फाउण्डेशनद्वारा कविता लेखन प्रतियोगिताको आयोजना



अ+ अ-

काठमाडौं । स्वर्गीय बालकृष्ण शिवाकोटीको ७९औँ जन्मजयन्ति तथा चौँथो स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौँको ईष्टपोल माध्यामिक विद्यालय, जोरपाटीमा कविता लेखन तथा वाचन समारोह आयोजना गरिएको छ ।

नेपाली भाषा तथा साहित्यको प्रवर्धन गर्ने उद्देश्यले बालकृष्ण शिवाकोटी स्मृति फाउण्डेशनले हरेक वर्ष श्रीपञ्चमीका दिन कविता लेखन तथा वाचनसहित पुरस्कार वितरण कार्यक्रम आयोजना गर्ने गरेको छ । श्रीपञ्चमीको दिन स्वर्गीय बालकृष्ण शिवाकोटीको जन्म दिन पनि परेको छ ।

काठमाडौँको ईष्टपोल माध्यामिक विद्यालय, जोरपाटीमा आयोजित उक्त कार्यक्रममा उत्कृष्ट तीनजनालाई नगद रुपैयाँ क्रमशः २० हजार, १५ हजार र १० हजारसहित पुरस्कृतसमेत गरिएको थियो ।

प्रतियोगितामा डीएभी शुशिल केडिया स्कूलकी एरिका प्रजापती प्रथम, लिभरपुल स्कूलकी अन्शु वाग्ले द्वितीय र ईष्टपोल स्कूलकी प्रियन्शा कार्की तेस्रो भएका छन् ।

विजयीहरुलाई फाउन्डेशनका अध्यक्ष शान्ता शिवाकोटीले नगद तथा साझा प्रकाशनका महाप्रबन्धक प्रल्हाद पोखरेलले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

फाउन्डेशनले नेपाली भाषा, साहित्य तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसहित नेपाली भाषामा कविता लेखन तथा वाचन कार्यक्रम गर्ने गरेको अध्यक्ष शिवाकोटीले बताउनुभयो । उहाँले यस किसिमको पुरस्कारले नयाँ पुस्तालाई नेपाली भाषा तथा साहित्यप्रति आकर्षित गर्नुका साथै उनीहरुलाई नेपाली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण तथा पवद्र्धनमा सकारात्मक भूमिका निर्वाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा भाषाविद्, साहित्यकार, फाउण्डेशनका सल्लाहकार तथा सदस्यहरु, स्वर्गीय बालकृष्ण शिवाकोटीका परिवारका सदस्य, पत्रकार तथा अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।