२४ मंसिर २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक सुरु भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, पूर्वसभामुख अग्निप्रसाद सापकोटालगायतका सहभागि रहेका छन् ।

बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघ संगठनको पुनः गठन सम्बन्धी पनि छलफल हुने महासचिव देव गुरुङले बताए ।

बैठकमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति चुनावबारे छलफल हुने बताईएको छ । आजैको बैठकमा पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने तयारी गरिएको छ ।