
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार बिहान ११ः३० बजे प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको छ । सभामुख सापकोटाले संसद् भवन, नयाँबानेश्वरमा बिहान ११ः३० बजे समितिको बैठक आह्वान गर्नुभएको संसद् सचिवालयले जनाएको छ ।
यसैबीच, सचिवालयले सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने विषय समावेश भएको छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिबासी जनजाती आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश कार्यसूचीमा उल्लेख छ ।