• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै



फाईल फोटो

काठमाडौं । आज सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक बस्दैछ ।

समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल गर्न बैठक बोलाइएको महासचिव देव गुरुङले बताए । बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्ने बैठकमा पार्टी संगठन विकास र विस्तारको विषयमा पनि छलफल हुने उनले बताए ।

यस्तै, बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघ संगठनको पुनः गठन सम्बन्धी पनि छलफल हुने बताइएको छ । साथै बैठकमा डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग भइरहेको एकताको प्रयास र अहिलेसम्मका उपलब्धिका बारेमा चर्चा हुनेछ ।