२१ असार २०८३, आईतवार
,
Latest
सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही राजमार्गमा सरकारको एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाद्वारा पद तथा गोपनियताको सपथग्रहण



अ+ अ-

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले पद तथा गोपनियताको सपथग्रहण गर्नुभएको छ । 

उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा सपथ खुवाउनुभएको हो ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । 

कांग्रेसबाट बालकृण खाँड गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्री बन्नुभएको छ  । 

यस्तै देउवा सरकारमा माओवादीबाट जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाल मन्त्री बन्नुभएको छ । शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी पाउँदा भुसाललाई उर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

विपक्षी गठबन्धनमा लागेर देउवालाई प्रधानमन्त्री बन्न सघाएका जसपा नेपालका उपेन्द्र यादव भने सरकारमा सहभागी भएको छैन । जसपाले साउन ७ गतेपछि मात्रै सरकारमा सहभागी हुने जनाएको छ ।