काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले पद तथा गोपनियताको सपथग्रहण गर्नुभएको छ ।
उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा सपथ खुवाउनुभएको हो ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
कांग्रेसबाट बालकृण खाँड गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्री बन्नुभएको छ ।
यस्तै देउवा सरकारमा माओवादीबाट जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाल मन्त्री बन्नुभएको छ । शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी पाउँदा भुसाललाई उर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
विपक्षी गठबन्धनमा लागेर देउवालाई प्रधानमन्त्री बन्न सघाएका जसपा नेपालका उपेन्द्र यादव भने सरकारमा सहभागी भएको छैन । जसपाले साउन ७ गतेपछि मात्रै सरकारमा सहभागी हुने जनाएको छ ।